ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१३ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य एक वर्षकै न्यून विन्दु नजिक

२०७९ असोज, २७  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar लक्ष्मी शर्मा

काठमाडौं । हाल नेप्सेमा १३ इन्स्योरेन्स कम्पनीहरूको शेयर कारोबार हुँदै आएको छ । ९ निर्जीवन बीमा कम्पनी र चार जीवन बीमा कम्पनी गरी कुल १३ इन्स्योरेन्स कम्पनीहरूको मात्रै शेयर कारोबार हुने गर्छ । नियामक निकाय बीमा समितिले २०७८ चैत १० गते जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई पूँजी बढाउन निर्देशन दिएको थियो । बीमा समितिको निर्देशनअनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड रूपैयाँ चुक्ता पूँजी पुर्‍याउनका लागि मर्जर तथा प्राप्तिको बाटो रोजेसँगै दोस्रो बजारमा धेरै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । 

कारोबारमा आएका  १३ कम्पनीहरूको शेयर मूल्य एक वर्षयताकै न्यून विन्दु नजिक झरेको छ । यसरी हेर्दा यी कम्पनीको शेयर मूल्यमा खरीदको अवसर रहेको लगानीकर्ता बताउँछन् । यस्तो अवस्थामा ट्रेड गर्न अथवा दीर्घकालीन लगानीका लागि उत्तम समय भएको लगानीकर्ता दीपकसिंह धामीले बताए । उनका अनुसार कम्पनीहरूको शेयर मूल्य निकै सस्तिएकाले ट्रेड गर्न अथवा लगानी गर्नको लागि यो समय भनेको राम्रो हो । 

घटेको बजारमा कम शेयर मूल्य भएका कम्पनीहरूको शेयर मूल्य खरीद गरेमा बजार थोरै बढ्ने बित्तिकै राम्रो प्रतिफल प्राप्त हुने धामीको दाबी छ । यद्यपि लगानी गर्नुपूर्व कम्पनीको हरेक पक्ष राम्रोसँग केलाउनु राम्रो मानिन्छ । 

यी कम्पनीहरूमध्ये सबैभन्दा सस्तो मूल्य प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको रहेको छ । यस कम्पनीको शेयर मूल्य बुधवार प्रतिकित्ता रू. ३५० रहेको छ । यस कम्पनीको शेयर मूल्य एक वर्ष अवधिमा उच्च रू. ८१२ सम्म पुगेको थियो भने न्यून शेयर मूल्य ३२८ दशमलव ३ सम्म झरेको थियो । त्यसैगरी दोस्रोमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३४९ दशमलव २० रहेको छ । यस कम्पनीको शेयर मूल्य एक वर्ष अवधिमा उच्च रू. १२६६ दशमलव १० र न्यून रू. ३३३ दशमलव २० सम्म झरेको थियो । 

त्यसैगरी कारोबारमा आएका १३ कम्पनीहरूमध्ये सबैभन्दा बढी शेयर मूल्य राष्ट्रिय बीमा कम्पनीको प्रतिकित्ता रू. १२ हजार ६ सय रहेको छ । यस कम्पनीको शेयर मूल्य एक वर्ष अवधिमा उच्च रू. २० हजार ४९९ पुगेको थियो भने न्यून रू. १२ हजार २५५ सम्म झरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)