ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ऋणपत्रलाई आईपीओ भनेर झुक्किए लगानीकर्ता, आईपीओ र ऋणपत्रमा के फरक ?

२०७९ कार्तिक, २  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । पछिल्लो समय केही लगानीकर्ताहरू डिबेञ्चर (ऋणपत्र) लाई आईपीओ भनेर झुक्किएको देखिन्छ । विभिन्न समयमा कम्पनीहरूले आईपीओ जारी गरिहरेका हुन्छन् । सोही समयमा कुनै कम्पनीले ऋणपत्र निष्कासन गरिहेको हुन्छ । त्यस्तै अवस्थामा ऋणपत्रलाई आईपीओ भनेर भरेकाले पैसा पनि धेरै काट्यो किन होला ? भनेर सामाजिक सञ्जालमा असन्तुष्ट जनाएका हुन्छन् । आईपीओको अंकित मूल्य रू. १०० हुन्छ भने ऋणपत्रको रू. १ हजार हुने गर्छ । 

ऋणपत्रलाई पनि मेरो शेयरको सफ्टवेयरमा आईपीओकै कोलममा राख्दा आईपीओ भर्नेहरूलाई आईपीओ र ऋणपत्र छुट्याउन समस्या भएको हो । यस विषयमा नियामक निकायले ध्यान नदिएको देखिन्छ । लगानीकर्ता अनुपसिंह धामीका अनुसार एक वर्षअघि आईपीओ नै होला भनेर भरेको ऋणपत्र परेछ । पछि थाहा भयो  । अहिले बेच्न पनि के बेच्नु ? ‘मूल्य प्रतिकित्ता रू. १ हजार परेको थियो, अहिले ९ सयमा आएको छ, त्यही पनि बेचौं भनेर अर्डरमा राखेको बिकेन,’ धामी बताउँछन् ।  ऋणपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्ने भए तापनि दैनिकजसो खरीदविक्री भने हुँदैन । यसले गर्दा पनि लगानीकर्ताहरू झुक्किएका हुन् । 

के हो ऋणपत्र ?
कुल ऋण पूँजीलाई सर्वसाधारणले खरीद गर्न सक्ने स–साना इकाईमा विभाजन गरिएको अंश वा इकाई ऋणपत्र हो अथवा कम्पनीले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम ब्याजदर र भुक्तानी विधिका शर्तहरू उल्लेख गरी आधिकारिक रूपमा गरिदिएको लिखित पत्र ऋणपत्र हो । ऋणपत्रमा लगानी गरेका लगानीकर्ताले चाँडैभन्दा पनि निश्चित समयपछि फाइदा गरेका हुन्छन् ।  

ऋणपत्र भनेको निश्चित समय अवधिका लागि निश्चित प्रतिशत प्रतिफल दिन्छु भनेर कबुल गरेको खरीदकर्ताको सम्पत्ति हो । ऋणपत्र निष्कासन गर्ने कम्पनीहरूले अर्धवार्षिक र वार्षिक रूपमा ब्याज भुक्तानी गर्ने गर्छन् ।

जसले गर्दा डिबेञ्चरमा जम्मा भएको रकमले कुनै आम्दानी नगरे पनि वार्षिक रूपमा दिने भनिएको ब्याज भने निश्चित हुने गर्छ । ऋणपत्रधनीले कम जोखिममा वार्षिक रूपमा निश्चित प्रतिशत ब्याजदर प्राप्त गर्छन् । जसले गर्दा बचत तथा मुद्दती खाताहरूमा भइरहने ब्याजदर परिवर्तनले ऋणपत्रका लागानीकर्तालाई जोखिम हुँदैन । 

कम्पनीले साधारण र अग्राधिकार शेयरधनीलाई लाभांश वितरण गर्नुअघि ऋणपत्रधनीलाई ब्याज दिनुपर्छ । कम्पनी नोक्सानीमा गए पनि शेयरधनीलाई लाभांश बाँड्दैन भने ऋणपत्रधनीलाई भने अनिवार्य रूपमा ब्याज भुक्तानी हुने गर्छ ।

ऋणपत्रको महत्त्व
ऋणपत्रधनीहरूलाई मताधिकार नहुने भएकाले कम्पनीको व्यवस्थापन नियन्त्रणमा असर पर्दैन । त्यस्तै  ऋणपत्रको ब्याजदर पूर्वनिर्धारित हुने भएकाले धेरै नाफा आर्जन गर्दा पनि ऋणपत्रधनीहरूले नाफामा दाबी गर्न पाउँदैनन् । ऋणपत्रको परिपक्व अवधि दीर्घकालीन हुने भएकाले कम्पनीको लागि आवश्यक पर्ने स्थिर सम्पत्ति खरीद गर्न ऋणपत्रमार्फत पूँजी उठाउने गरिन्छ । पूँजी आवश्यक नभएमा केही रकम प्रिमियम बापत थप गरी फिर्ता गर्न सकिने प्रावधान हुन्छ । ऋणपत्रमा दिइने ब्याजलाई अन्य खर्चजस्तै तिर्नुभन्दा अगाडि नै खर्च लेख्न पाइन्छ । जसले गर्दा करको दायित्व कम हुन्छ ।

ऋणपत्रका विशेषता 
कम्पनीले ऋणदातालाई ऋण लिएको एक लिखत प्रतिज्ञा दिनुपर्छ, जसमा कम्पनीको छाप मोहर हुनु जरुरी छ । प्रत्येक ऋणपत्रमा ऋणपत्रधनीहरूलाई किटानीसाथ साँवा र ब्याज भुक्तानी हुने मिति उल्लेख गरेको हुनुपर्दछ । त्यसैगरी प्रत्येक ऋणपपत्र निष्कासन हुनुअघि अंकित मूल्य कायम भएको हुनु पर्छ । किनकि ब्याजदर जहिले पनि अंकित मूल्यमा नै कायम हुन्छ । ऋणपत्रधनीलाई शेयर सदस्यलाई जस्तो कम्पनीको साधारण सभामा उपस्थिति भई मत हाल्ने अधिकार भने हुँदैन । ऋणपत्रबाट उठाएको ऋणपूँजी एक वर्षभन्दा बढी अवधिको हुने भएकोले यसलाई दीर्घकालीन पूँजी पनि भन्ने गरिन्छ । 

नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा ९ कम्पनीले ऋणपत्र निष्कासनका लागि निवेदन दिएका छन् । ऋणपत्र निष्कासन गर्नका लागि निवेदन दिएका कम्पनी यस प्रकार रहेका छन् । ९ कम्पनीले कुल २ करोड २४ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति पाएपछि मात्र ऋणपत्र निष्कासन गरिन्छ । ९ कम्पनीमध्ये सबैभन्दा बढी सिभिल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५०/५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनमा निवेदन दिएका हुन् । कम्पनीले ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि सर्वसाधारणमा र व्यक्तिगत तबरबाट विक्री गर्दै आएका छन् ।  तलको टेबुल कुल ऋणपत्र कित्ता, ब्याजदर, समयावधि र विक्री प्रबन्धकलाई उल्लेख गरिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)