ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२५ सय पुगेको लघुवित्तको शेयर मूल्य ८०० मा झर्‍यो, ३१ लघुवित्तको मूल्य हजार मुनि

२०७९ कार्तिक, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । २०७८ भदौमा दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गर्दा उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य २ हजार ५४७ रूपैयाँ थियो । त्यसको करीब १४ महीनामा (२०७९ कात्तिक २ गते) यसको शेयर मूल्य घटेर ८८२ दशमलव ५ रूपैयाँ भएको छ । यो अवधिमा कम्पनीको शेयर मूल्य १ हजार ६६४ दशमलव ५ रूपैयाँ घटिसकेको छ । समीक्षा अवधिमा कम्पनीको शेयर मूल्य सर्वाधिक घट्दा ८५७ दशमलव ८ रूपैयाँ भएको थियो । 

उन्नतिको मात्रै होइन, यो अवधिमा अन्य लघुवित्तको शेयर मूल्यमा पनि उच्च गिरावट आएको छ । २०७८ भदौमा २ हजार ३०६ दशमलव २ रूपैयाँ रहेको सबैको लघुवित्तको शेयर मूल्य बुधवार ९६७ रूपैयाँ छ । यो अवधिमा उक्त कम्पनीको शेयर मूल्य १ हजार ३३९ दशमलव २ रूपैयाँले घटिसकेको छ । 

पछिल्लो १४ महीनामा अधिकांश लघुवित्त कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ४७ लघुवित्त कम्पनीमध्ये ३१ को शेयर मूल्य हजारभन्दा कम छ । 

दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गर्दाको अवस्थामा कतिपय लघुवित्तको शेयर मूल्य करीब २ हजार रूपैयाँ थियो । बुधवार ती कम्पनीको शेयर मूल्य १ हजारभन्दा कम कायम भएको छ । 

नेप्से परिसूचक घट्दो क्रममा रहेकाले अधिकांश कम्पनीको शेयर मूल्य सस्तिएको जानकारहरू बताउँछन् । शेयर ट्रेड गर्ने लगानीकर्ताका लागि शेयरमा लगानी गर्ने यो उपयुक्त अवसर भएको शेयर विश्लेषकको भनाइ छ । 

यसो त दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये लघुवित्तहरूको शेयरमा लगानीकर्ताहरूको आकर्षण बढी देखिन्छ । यो क्षेत्रका कम्पनीहरूको शेयर मूल्य बजार बढ्दा उच्च दरमै बढेको तथ्यांकका आधारमा पनि अहिले कम मूल्यमा खरीद गर्दा भविष्यमा राम्रो नाफा कमाउन सकिने जानकारहरूको विश्लेषण छ । 

शेयरमा लगानी गर्दा भने कम्पनीको जगेडा, लाभांश क्षमता, प्रतिशेयर आम्दानीलगायत हेर्न उनीहरूले सुझाएका छन् । 

आरएसडिसीको सबैभन्दा सस्तो 

नेप्सेमा सूचीकृत लघुवित्तमध्ये सबैभन्दा सस्तो शेयर मूल्य आरएसडिसी लघुवित्त वित्तीय संस्थाको छ । गत बुधवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४८४ रूपैयाँ कायम भएको छ । यस कम्पनीको शेयर मूल्य १४ महीनाको अवधिमा प्रतिकित्ता ९४० रूपैयाँ पुगेको थियो भने न्यून हुँदा ४५० रूपैयाँमा झरेको थियो । 

यो सूचीमा दोस्रोमा फर्ष्ट माइक्रोफाइनान्सको शेयर मूल्य छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५९९ रूपैयाँ छ । कम्पनीको शेयर मूल्य १४ महीनाको अवधिमा उच्च हुँदा १ हजार ५९ रूपैयाँ पुगेको थियो भने न्यून हुँदा ५५९ रूपैयाँ घटेको थियो । 

सबैभन्दा महँगो छिमेकको 

३१ लघुवित्तमध्ये सबैभन्दा बढी शेयर मूल्य छिमेक लघुवित्त वित्तीय संस्थाको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९८५ रूपैयाँ छ । कम्पनीको शेयर मूल्य १४ महीनाको अवधिमा उच्च हुँदा १ हजार ८५० रूपैयाँ र न्यून हुँदा ८८२ रूपैयाँ पुगेको थियो ।

यस्ताे छ ३१ कम्पनीकाे शेयर मूल्य

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)