ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरिया भागदौड कति ठूलो हो ? हेर्नुहोस इतिहासका १० ठूला हताहती : एउटै घटनामा ६ हजारको मृत्यु

२०७९ कात्तिक, १३  
अन्तरराष्ट्रिय समाचार विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : कोरिया टाइम्स
author avatar रमा सुवेदी

काठमाडौं । नेपालीमा एउटा उखान छ नी 'हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा बिउ जोगाउनु' भन्ने । भागदौड भएको समयमा मानिसहरू जता भागिरहेका छन्, अधिकांश त्यतै तिर भाग्न थाल्छन् । अनि एकले अर्कालाई धकेल्ने, लडाउने वा भुँइमै लडिरहेका मानिसलाई कुल्चिएर हिड्ने क्रम बढ्दा हताहत हुनेको संख्या बढ्छ ।

ठूलो संख्यामा मानिसहरू जम्मा भएको स्थानमा ज्ञात वा अज्ञात जोखिम वा भयका कारण मानिसहरू भाग्न थालेपछि ठूलो संख्यामा मानवीय क्षति भएका घटना इतिहासमा कयौं छन् । यस्तो समयमा सकेसम्म थोरै मानिसले प्रयोग गरेको ढोका वा निकास द्वारको प्रयोग गर्नु पर्छ । यस्तो बेलामा कराउने वा चिच्याउने गर्नु हुन्न । 

दशरथ रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच वि. सं. २०४४ साल फागुन २९ गते त्रिभुवन च्यालेन्ज सिल्डको फाइनल फुटबल खेल भइरहँदा भंयकर हावा हुन्डरी, चल्यो, मुसलधारे पानी पर्यो अनि असिना खस्यो । रंगशालामा दर्शकहरू आत्तिएर भागाभाग गर्न थालेपछि ९३ जनाको ज्यान गयो । सो घटना २००६ सम्म मानवीय क्षतिको आधारमा विश्वको नवौ सबैभन्दा ठूलो रंगशाला दूर्घटना थियो । नेपालको इतिहासमा यो अहिले पनि सबैभन्दा खराब रंगशाला दुर्घटना हो । 

शनिवार दक्षिण कोरियाको राजधानी सोलको रात्रीकालिन मनोरञ्जन क्षेत्रमा होलोविन मनाउन जम्मा भएका झन्डै एक लाख मानिसहरूको हुलमा भागदौड हुँदा १५० जना भन्दा धेरैको मृत्यु भएको छ । ८२ जना घाइते भएका छन् । मर्नेहरूमा अधिकांश महिला र २० देखि ३० वर्षबीचका युवायुवतिहरू छन् । मर्नेमा १९ जना विदेशी पनि भएको बताइएको छ । घटनाको मुख्य कारण अहिलेसम्म स्पष्ट भएको छैन । 

एउटा साँघुरो गल्लीमा थेग्नै नसक्ने गरी वा डरलाग्दो गरी भिड जम्मा भएर मानिसहरू अगाडि बढ्नै नसकेपछि सो घटना भएकोले दक्षिण कोरियाको घटनालाई भागदौड भन्न नमिल्ने केही विश्लेषकहरुले बताइरहेका छन् । भीडमा कसैले कसैलाई धकेल्दा यस्तो भएको हुन सक्ने भन्दै यसलाई ‘डोमिनो इफेक्ट’को रुपमा हेरिएको छ ।

भागदौडका घटनामा भाग्नका लागि ठाउँ हुन्छ । इतेवनको घटनामा भने भाग्नका लागि ठाउँ नै थिएन । भीडमा मानिसको हुल जति ठूलो भयो हताहत हुनेको संख्या त्यति नै धेरै हुन्छ । इतिहासका भयानक भागदौडका अधिकांश घटनाहरु रंगशाला, तीर्थयत्रीहरु जम्मा भएका स्थान, विरोद प्रदर्शन, मठमन्दिर, नाइट क्लब, आदिमा भएको पाइन्छ । इतिहासका केही डरलाग्दा घटनाहरू यस्ता छन्ः

पेन्टे डास बार्कास विपद्, १८०९ 
सन् १८०९ को मार्च २९ मा नेपोलिनको सेनाले पोर्चुगलमा आक्रमण गर्दा मानिसहरू भागाभाग गर्न थालेपछि उत्पन्न भागदौड कान्ड इतिहासको सबैभन्दा खराब मानव भागदौडको घटना हो । नेपोलिनको सेनाले दोउरो नदी तर्ने कोशिश गरिरहँदा सर्वसाधारणहरू पोन्टे दास बार्कासतिर भाग्न थाले । ठूलो संख्यामा मानिसहरूले नदी तर्दै गर्दा भार थेग्न नसकेर पुल भत्किएपछि झन्डै ६ हजार मानिसको मृत्यु भएको थियो ।     

आश्रयस्थल भागदौड कान्ड, १९४१
सन् १९४१ को जुन ५ मा मा चीनले गरेको हवाई आक्रमणको प्रतिकारमा जापानले चीनको छोङखिङ शहरमा कयौं घन्टासम्म लगातार बम आक्रमण गरेपछि आश्रय स्थलको रुपमा प्रयोग गरिने स्थानमा भागदौड मच्चिदा ४ हजार जनाको ज्यान गएको थियो । 

मिना भागदौड कान्ड, २०१५ 
सन् २०१५ मा हजको बेलामा साउदी अरबको मक्कामा करीब २ हजार २६८ जनाको मृत्यु भएको थियो । सो घटनामा मर्नेको संख्याबारे फरक फरक अनुमान सुनिन्छ । यो हजको समयमा भएको अहिलेसम्मकै भयानक घटना हो । सो घटनामा मर्ने अधिकांश इरान, माली र नाइजेरियाबाट आएका तिर्थयात्रीहरू थिए । सो घटना कसरी भयो भन्ने चाँहि अहिलेसम्म पनि विवादित छ ।

नोम पेन भागदौड कान्ड, २०१०
सन् २०१० को नोभेम्बर २३ मा क्याम्बोडियाको नोम पेनमा खेमर जल पर्वको समयमा भागदौड हुँदा ३५७ जनाको ज्यान गएको थियो । तीन दिनको उक्त पर्वको अन्तिम दिनमा सो घटना भएको थियो । पर्वहरूको समयमा भएको यो इतिहासकै सबैभन्दा खराब भागदौडको घटना हो । घटनास्थलमा करीब ४० लाख मानिसहरू जम्मा भएको अनुमान गरिएको छ । पुलमा मानिसहरूको भिडमा एक अर्कालाई धकेल्ने क्रम बढेर मानिसहरूमा त्रासदी बढ्दा सो घटना भएको बताइन्छ । 

भागदौडका समयमा के गर्ने, कसरी बच्ने ? 
भागदौडको समयमा सकेसम्म थोरै मानिसले प्रयोग गरेको ढोका वा निकास द्वार प्रयोग गर्नु पर्छ । यस्तो बेलामा कराउने वा चिच्याउने गर्नु हुन्न । सास फेर्न सहज होस् भनेर करङ नछोइने गरी आफ्नो छाति अगाडि हातले बार बनाउनु पर्छ । भिडमा अरुलाई धकल्न वा अरुलाई अठ्याउनु हुँदैन । यसले लहरो तान्दा पहरो जाने अवस्था ल्याउँछ । 

एकले अर्को अनि अर्कोले अर्कोलाई धकेल्ने वा ठेल्ने क्रम बढ्दा यसको प्रभाव भीडभरि पोखिन्छ । हुलमुलमा एक जना मात्रै लड्दा पनि मानिसहरू आत्तिएर भाग्न थाल्छन् । अनि के के न भयो भनेर एवम् रितले सबै जना अत्तालिँदै भाग्न थालेपछि मानिसहरू लड्ने, भुँइमा लडेकालाई कुल्चिएर हिड्ने, एकले अर्कोलाई ठेल्ने अवस्था उत्पन्न हुन सक्छ । 

भीडमा मानिसहरूको चाप बढ्दै जाँदा हातलाई बक्सरले झैं दोबारेर बस्नु पर्छ । यो पोजिशनमा बस्दा तपाईंले आफ्नो करङलाई जोगाउन सक्नु हुन्छ भने सास फेर्न सहज अवस्था बन्छ । हुलमुलमा वास्तविक वा कापोकल्पित खतराभन्दा भयानक चिज मानिसहरूको चाल हो । त्यसैले भीडबाट सम्भव भएसमम टाढा रहने कोशिश गर्दै वास्तविक अवस्थाबारे विचार गरेर शान्त भएर सर्नु पर्छ ।

 

इतिहासमा भएका केही भागदौडका घटना र मृतकको संख्या

१    मक्का सुरुङ त्रासदी, साउदी अरबको मक्का  सन २०१५  (१,४२६ जना)
२    खोदयाङ्का त्रासदी, रुसको मस्को सन  १८९६  (१,३८९ जना)
३    बगदाद सेतु भागदौड, इराकको बगदाद  सन २००५   (९५३ जना)
४    कुम्भ मेला, भारतको अलाहवाद   सन १९५४ (८०० जना )
५    गलेरिया डेल ग्रजिया, इटलीको गेनोआ  सन  १९४२ ( ३५४ जना)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)