ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्वाचन आयोगले नै भन्यो -उम्मेदवारलाई फसाउने नियतले उजुरी आए, ७७ % उजुरी झुठा !

२०७९ कात्तिक, १४  
समाचार र यो पनि निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । निर्वाचन आयोगमा केही उजुरीहरू उम्मेदवारलाई फसाउने नियतका साथ आएको पाइएको छ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कतिपय उजुरीहरू अरुलाई फसाएर फाइदा लिने गरी झुटा विवरणहरूसहित आएको बताएका छन् ।

उनले आयोगमा सोसम्बन्धि १५० ओटा उजुरी रहेको र करिव ५० ओटा (३३ प्रतिशत) उजुरी मात्रै कारबाहीका लागि योग्य रहेको स्पष्ट पारे ।

बाँकी (७७ प्रतिशत) उजुरीहरू भने झुठा विवरणसहित अरूलाई फसाउने उद्देश्यले आएको आयोगको भनाइ छ ।

निर्वाचन आयुक्त भण्डारीले विगतको निर्वाचनहरूमा भन्दा अहिले हुन गईरहेको निर्वाचनमा आचारसंहिता उलंघनको घटना कम देखिएको समेत दाबी गरेका छन् ।

उनले यो पटक शुरुदेखि नै आचारसंहीताको विषयमा आयोग र दल संयुक्त रुपमा छलफल गरी कडाईका साथ आचारसंहीता परिपालन गर्नुपर्छ भनेर  दलहरुबाट पनि सुझाव आएकाले आचारसंहिता उलंघनका घटना कम भएको बताए ।

आयोगमा आएका उजुरीहरूमा कतिपय सचेत गराउनुपर्ने, कतिपय झुटा उजुरीहरु तामेलीमा राख्नुपर्ने र कतिपय सजाय नै गर्नुपर्ने प्रकृतिका रहेको भण्डारीले बताए ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघनका घटनाको उजुरीमाथि छानवीन गरिरहेको र करीब ४०/५० ओटा उजुरीमा निर्णय गर्न सक्ने अवस्थामा पुगिसकेको जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)