ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखा–१ : जहाँ सांसद्को छिनोफानो गर्नै लाग्यो १६ दिन

२०७९ मंसिर, १९  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको १६५ औं निर्वाचन क्षेत्रको नतिजा सोमवार (आज) सार्वजनिक भएको छ । मतदान भएको १६ औं दिनपछि आज बिहान दोलखा–१ को मतपरिणाम सार्वजनिक भएको हो । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत यही मंसिर ४ गते सम्पन्न मतदानमा धाँधली भएको भन्दै दलहरूले पुनःमतदानको माग गरिएपछि उक्त क्षेत्रको मतपरिणाम आउन ढिलाइ भएको हो । मतदानमा धाँधली भएको भन्दै निर्वाचन आयोगले उक्त क्षेत्रका १० मतदान केन्द्रमा गत बिहीवार पुनः मतदान गराएको थियो । पुनःमतदानपछि थालिएको मतगणना सोमवार बिहान (पहिलाेपटक मतदान भएकाे १६ औं दिन‍ ) सम्पन्न भएको हो । अर्थात् यो क्षेत्रबाट १६ औं दिनमा सांसद छिनोफानो भएकाे छ ।  

सार्वजनिक मतपरिणाम अनुसार उक्त क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का गंगा कार्की निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीलाई ३१८ मतान्तरले पराजित गरेका हुन् । कार्कीले ३६ हजार ७९९ मत पाउँदा सिवाकोटीले ३६ हजार ४८१ मत ल्याएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)