ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, के हुँदैछ समानुपातिकतर्फको मतगणना ? 

२०७९ मंसिर, १९  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक भएको छ । सोमवार बिहान दोलखा–१ को नतिजा सार्वजनिक भएसँगै प्रतिनिधिसभाको प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रका नतिजा आएको हो, जस अनुसार प्रनिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सर्वाधिक ५७ सिटमा जित निकालेको छ ।

यस्तै, नेकपा (एमाले)ले ४४, नेकपा (माओवादी केन्द्र)ले १८, नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले ७–७ सिट जितेका छन् । यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टी, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् । 

प्रत्यक्ष निर्वाचनतर्फको मतगणना सकिँदा समानुपातिक निर्वाचनतर्फको मतगणना भने जारी छ । विवादका कारण ढिलो गरी मतगणना भएका बाजुरा–१, स्याङ्जा–२ र दोलखा–१ क्षेत्रमा मतगणना हुन बाँकी छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत यही मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि स्याङ्जा–२ मा बिहीवारबाट र बाजुरा–१ मा बुधवारबाट मतगणना भएको थियो । दोलखा–२ का १० मतदान स्थलमा भने बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ पुनः मतदानपछि मतगणना भएको थियो । 

समानुपातिकतर्फ सोमबार बिहानसम्म गणना गरिएको मत अनुसार एमालेले २७ लाख ८८ हजार ३५६ मत पाएर शीर्ष स्थानमा छ । यस्तै, कांग्रेसले २६ लाख ६० हजार २४६, माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मत पाएका छन् । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टी, नेपालले ४ लाख २० हजार ९४६ र जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत ल्याएका छन् । अन्य दलले भने ३ लाख मत कटाउन सकेका छैनन् । 

अहिलेसम्म १ करोड ४ लाख २० हजार १२५ सदर मतगणना भएको निर्वाचन आयोगले जनाएकाे छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)