ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्लूचिप शेयर के हो ?  यस्ता कम्पनीको शेयर सस्तिँदै 

२०७९ कात्तिक, २७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । लामो समयदेखि नाफा कमाएर लगानीकर्ताहरूलाई उच्च लाभांश दिने कम्पनीको शेयरलाई ब्लूचिप शेयर भनिन्छ । यस्ता कम्पनी लगानीकर्ताप्रति तुलनात्मक रूपमा बढी जवाफदेही भएको देखिन्छ ।

सुशासन, सबल व्यवस्थापन, उत्साहजनक वित्तीय प्रदर्शनी र लगानीको शतप्रतिशत सुनिश्चितता पनि यस्ता कम्पनीका विशेषता हुन् । यस्ता कम्पनीको शेयर मूल्य धितोपत्रको दोस्रो बजारमा प्रायः बढिरहेको हुन्छ ।

संगठित संस्थाको कुशल व्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरूलाई उच्च लाभांश प्रदान गर्दै आएका कारण यस्ता कम्पनी लगानीकर्ताहरूप्रति बढी जवाफदेही भएकाले विश्वास जित्न सफल भएका हुन्छन् । जस्तै युनिलिभर नेपालले शेयरधनीलाई प्रत्येक वर्ष आकर्षक लाभांश दिँदै आएको छ । आगामी दिनमा यस कम्पनीले लाभांश दिन्छ भन्ने कुरामा लगानीकर्ताहरू विश्वस्त हुन्छन् ।

यसो त कुनै समयमा ब्लूचिप मानिने कम्पनीहरूको शेयर पनि समयक्रमसँगै सामान्य कम्पनीहरूको जस्तै बन्न पनि सक्छ । सबै कम्पनीहरूलाई जुनसुकै समयमा उत्तिकै सफलता मिल्छ भन्न पनि सकिन्न । हरेक कम्पनीले जस्तोसुकै समयमा पनि आफूलाई समयको परिवर्तनअनुरूप कुशल व्यवस्थापनबाट अगाडि बढाउँदै प्रगति गर्न सक्ने कम्पनीहरूले सधैं आफ्नो छवि राम्रो कायम गर्न पनि सक्छन् । सो अनुरूप आफूलाई अगाडि बढाउन नसक्ने कम्पनीको अस्तित्व मेटिन पनि सक्ने विश्लेषकहरू बताउँछन् । 

समयअनुसार आफूलाई अगाडि बढाउन नसक्ने कम्पनीहरू कुनै बेला ब्लूचिप कम्पनीको रूपमा स्थापित भए पनि समयसँगै टाट पल्टेका उदाहरण पनि विश्वमा थुप्रै पाइन्छ । कुनै बेला नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर पनि ब्लूचिपका रूपमा गनिन्थ्यो ।

हाल यस कम्पनीले शेयरधनीलाई दिने लाभांशदर घटाएको छ भने कम्पनीको वित्तीय सुशासन पनि कमजोर भएको लगानीकर्ताहरूले बताएका छन् । नेपालमा ब्लूचिप शेयर भएको कम्पनी पहिलो नम्बरमा युनिलिभर नेपाललाई लिन सकिन्छ । किनभने यस कम्पनीले शेयरधनीलाई प्रत्येक वर्ष आकर्षक लाभांश दिँदै आएको छ । यस कम्पनीप्रति लगानीकर्ता सधैं सकारात्मक हुने गर्दछन् ।

यस कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई प्रतिकित्ता रू. १ हजार २१५ का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १९ हजार ४८० छ । त्यसैगरी लगानीकर्तालाई राम्रो प्रतिफल दिने कम्पनीमध्ये नबिल बैंक, हिमालयन डिष्टिलरी, बोटलर्स नेपाल तराई, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी हाइड्रोपावर र छिमेक लघुवित्त वित्तीय संस्था रहेका छन् ।

व्यवस्थापनमा संलग्न व्यक्तिको कम्पनीलाई प्रगतिपथमा लैजाने खुबीले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । यस्ता कुरालाई ध्यान दिएर लगानी गर्दा प्रतिफल प्राप्त हुने जानकार बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)