ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्सा–१ का स्वतन्त्र उम्मेदवार द्विवेदीको चुनाव जित्ने दाबी, ‘याे चुनावमा पैसाको चलखेल चल्दैन’

२०७९ मंसिर, १  
मधेश प्रदेश निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका अजयकुमार द्विवेदीले पैसा खर्च नगरेर पनि चुनाव जित्न सकिन्छ भन्ने उदाहरण स्थापित गर्ने दाबी गरेका छन् । बिहीवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै द्विवेदीले चुनावमा पैसा खर्च नगरे पनि मतदाताले आफूलाई जिताउने विश्वास व्यक्त गरे । 

चुनावमा भइरहेको पैसाको चलखेलबारे टिप्पणी गर्दै द्विवेदीले राजनीतिमा जनताको अपनत्व स्थापित गर्न उम्मेदवारी दिएको बताए । ‘मलाई सबैले पैसा खर्च नगर्ने कञ्जुस नेताको रुपमा चिन्छन् । तर, आम मतदाता मेरो समर्थनमा उत्साहित भएर लाग्नुभएको छ । यो चुनावमा पैसाको चलखेल चल्दैन भन्ने सन्देश हो,’ उनले भने । 

पैसाको लेनदेन र भोजभतेरजस्ता निर्वाचन अचारसंहिता विपरीतका क्रियाकलाप नियन्त्रणमा निर्वाचन आयोग र स्थानीय प्रहरी प्रशासन उदासीन बनेको आरोपसमेत द्विवेदीले लगाए । ‘म आग्रह गर्दछु, निर्वाचन आयोग र प्रहरी प्रशासन यसमा सक्रिय हुनुपर्दछ । सबै दलका उम्मेदवारका गाडी र घर खानतलासी होओस् । त्यसको शुरूवात मबाट होओस् । यदि कसैले आचारसंहिताविपरीत काम गरेको छ भने त्यस्तालाई कारवाही हुनुपर्दछ,’ उनले भने । 

विगत ४ दशकभन्दा लामो समय नेपाली कांग्रेसमा सक्रिय द्विवेदी पार्टीले टिकट नदिएपछि सत्ता गठबन्धनको ‘बागी’ उम्मेदवारको रूपमा मैदानमा उत्रिएका हुन् । 

उनले चुनावका लागि भएका गठबन्धन कुनै निष्ठा र जनहितका उद्देश्यले नभएर सत्तालाई मात्र केन्द्रमा राखेर भएकाले त्यसको विद्रोह गर्नुपरेको सुनाए । सत्ता राजनीतिले जनताको हितलाई आत्मसात नगरेकोले आफूले स्वतन्त्र उम्मेदवारी दिनुपरेको दाबी पनि उनले गरे । 

सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले पर्सा–१ मा लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णलाई समर्थन गरेको छ । द्विवेदी विगतमा नेपाली कांग्रेस पर्साको सभापति र सोही दलबाट वीरगञ्ज महानगरको उपमेयर हुँदै संविधानसभा सदस्यसमेत बनेका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)