प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन आज संघीय राजधानी काठमाडौंमा सडक सुनसान देखिएका छन् । सरकारले आज अनुमति नलिएका सवारीसाधनलाई चल्न रोक लगाएपछि सडक सुनसान बनेका हुन् ।
आज देशभरका ७७ ओटै जिल्लाका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । मतदान सम्पन्न भएपछि भने सवारीसाधन चल्न पाउनेछन् ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान