ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आवश्यक प्रक्रिया पुरा नहुँदा एफपीओ स्वीकृतीमा ढिलाई, ६ कम्पनीको एफपीओ पाइपलाइनमा 

२०७९ मंसिर, ५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । एफपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवदेन दिएको लामो समय भइसक्दा पनि एउटा कम्पनीले पनि स्वीकृती पाएका छैनन् । 
हालसम्ममा ६ ओटा लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका छन् ।

‘कतिपय कम्पनीले बोर्डले तोकेको आवश्यक प्रक्रिया पुरा नगरी निवेदन दिएकाले एफपीओ स्वीकृतीमा ढिलाई भएको  हो,’ बोर्डका प्रवक्ता रुपक के.सीले भने, ‘प्रक्रिया पुरा गरेका कम्पनीहरुको भने स्वीकृती प्रक्रिया अगाडि बढाएका छौं ।

किसान लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, युनिक नेपाल लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको कयौं महीना बितीसकेको छ । पूँजी संरचना मिलाउनका लागि ती कम्पनीहरुले एफपीओ निष्कासन गर्ने योजना बनाएका हुन् ।

सूचीकृत कम्पनीले सूचीकृतनभएको कम्पनीलाई मर्जर तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने प्रावधान भएकाले ती कम्पनीहरुले एफपीओ निष्कासन गर्न लागेका हुन् । धितोपत्र बोर्डबाट एफपीओ निष्कासनको अनुमति पाएपछि मात्र ती कम्पनीहरुले शेयर निष्कासन गर्नेछन् ।

बोर्डको प्रावधान अनुसार  एफपीओ निष्कासन गर्नका लागि कम्पनीले लगातार तीन वर्ष नाफा गरेको, कारोबार शुरु गरेको पाँच वर्ष पुरा भएको, औषतमा क्रेडिट रेटिङ राम्रो पाएको हुनुपर्छ ।  किसान लघुवित्त वित्तीय संस्थाका सचिव नवराज पोखरेलका अनुसार एनआरएन लघुवित्तले व्यवसाय शुरु गरेको पाँच वर्ष पुगेको छैन । सोही कारण एफपीओ स्वीकृतीमा ढिलाई भएको हुन सक्ने उनले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)