ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ठूला दलका हाइप्रोफाइल नेता, जसलाई राष्ट्रिय स्वतन्त्र पार्टीका 'फुच्चे' उम्मेदवारले पछि पारे 

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । वर्षौ पुरानो विरासत र त्यतिकै लामो इतिहास भएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका हाइप्रोफाइल उम्मेदवारलाई उनीहरूकै भाषामा भन्दा हिजो जन्मिएको 'फुच्चे' दलका 'फुच्चे' उम्मेदवारहरूले पछि पारेका छन् ।

चुनाव अघि मात्रै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले कांग्रेस, एमाले र माओवादी जस्ता विरासत र संगठन भएका दलका अघि यसरी अप्रत्याशित  नतिजा ल्याउँछ भन्ने कुरामा एकरत्ति पनि विश्वास थिएन ।

तर मतगणना चलिरहँदा तिनै दलका आधा  दर्जन भन्दा बढी हाइप्रोफाइल नेताहरूलाई 'फुच्चे' उम्मेदवारले पछि पारेका छन् ।

स्वतन्त पार्टीका उम्मेदवारले सबैभन्दा धेररै एमालेका उम्मेदवारलाई पछि पारेको छन् । एमालेपछि माओवादी र कांग्रेसका उम्मेदवार छन् ।

रास्वापले अग्रता लिएका ८ क्षेत्रमध्ये सबैभन्दा धेरै एमालेका  ६ जना उम्मेदवार  दोस्रो स्थानमा छन् । माओवादी र कांग्रेसका १/१ उम्मेदवार दोस्रो स्थानमा आएका छन् ।

यसरी हेर्दा रास्वपाले कांग्रेस र माओवादी भन्दा बढी एमालेलाई क्षति गर्ने देखिएको छ । तर यति मात्र नभएर समानुपातिक तर्फको मत गणनामा पनि कांग्रेस र एमालेकै हाराहारी मत ल्याएपछि यसले सबै दललाई झट्का दिएको छ ।

कुन क्षेत्रमा कसले कसलाई पछि पारे ?

काठमाडौं २ मा माओवादी केन्द्रकी ओनसरी घर्तीलाई रास्वपाकी सोविता गौतमले पछि पारेकी छन् । घर्तीको ४७८ मत आउँदा सोविताले ८०८ मत ल्याएकी छन् ।

ललितपुर ३ माओवादी केन्द्रकै पम्फा भुसाल र एमालेका अमृत खड्का दुवैलाई रास्वपाकी तोसिमा कार्कीले पछि पारेकी छिन् । तोसिमाको २९३१ मत आउँदा खड्काको २४२२ मत छ भने माओवादी केन्द्रकी पम्फा भुसालको १३४४ मत मात्रै छ ।

रुपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई रास्वपाका गणेश पौडेलले पछि पारेका छन् । गणेश पौडेलले १०९१ मत ल्याउँदा विष्णु पौडेलले ९६४ मत प्राप्त गरेका छन् ।

कास्की २ मा एमालेकै विद्या भट्टराईलाई रास्वपाका माधव प्रसाद कडेलले पछि पारेका छन् । कडेलले १५५२ मत ल्याउँदा भट्टराईले १२५५ मत ल्याएकी छन् ।

काठमाडौं ६ मा एमालेका सर्वेन्द्र खनाललाई रास्वपाका शिशिर खनालले पछि पारेका छन् । शिशिरले १५०१ मत  ल्याउँदा सर्वेन्द्रले ९७८ मत  ल्याएका छन् ।

चितवन १ मा कांग्रेसका विश्वनाथ पौडेललाई रास्वपाका हरि ढकालले पछि पारेका छन् ।  ढकालले १८४९ मत ल्याउँदा पौडेलको १८१० मत छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)