ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माओवादीले उम्मेदवारी दिएका ३३ ठाउँको गणनामा ९ ठाउँमा मात्रै अग्रता, यी हुन् पछि परेका क्षेत्र

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धन नगरी नहुने एउटा दल नेकपा माओवादी केन्द्र हो । २०७४ को निर्वाचनमा एमालेसँग गठबन्धन गरेर आफ्नो  अस्तित्व जोगाएको माओवादी यसपटक एमाले छोडेर नेपाली कांग्रेससँग गठबन्धन गर्न पुगेको थियो ।

तर, कांग्रेस सहित ५ दलिय गठबन्धन बनाएर चुनावमा होमिएको माओवादीलाई यो निर्वाचन त्यति उपलब्धीपूर्ण नहुने प्रारम्भिक नतिजाले देखाएको छ ।

सोमवार राती १२ बजेसम्मको नतिजा अनुसार मतगणना चलिरहेका ३३ निर्वाचन क्षेत्र मध्ये माओवादीले जम्मा ९ स्थानमा मात्रै अग्रता लिएको छ । १३ स्थानमा भने मतगणना हुन बाँकी छ ।

उता सहयात्री पार्टी कांग्रेसले ४२ स्थानमा अग्रता लिंदा माओवादी भने अधिकांश स्थानमा निकटतम भन्दा पनि धेरै पछाडी परेको छ ।

यी हुन माओवादिले अग्रता कायम गरेका ९ निर्वाचन क्षेत्र  
 महिन्द्र राय यादवले ४२४ मत सहित सर्लाही -२ मा अग्रता लिएका छन् । उनलाई  लोकतान्त्रिक समाजवादी पार्टीका  राजेन्द्र महतोले  ४०५ मत सहित पछ्याइरहेका छन् ।

सर्लाही -३ मा नरेन्द्र साह कलवारको अग्रता छ । उनले ६३५ मत प्राप्त गर्दा नेकपा एमालेका हरि प्रसाद उप्रेतीले ५१५ सहित पच्छ्याइरहेका छन् ।

बाग्लुङ -२ मा  देवेन्द्र पौडेलले अग्रता लिंदा एमालेकी मन्जु शर्माले पच्छ्याइरहेकी छन् । पौडेलले ९९२ मत ल्याउँदा शर्माले ६१९ मत पाएकी छन् ।

सिन्धुली -२ लेख नाथ दाहाल ४५१ मत ल्याएर अग्रस्थानमा हुँदा उनका प्रतिद्वन्दी एमालेका मनोज जंग थापाले २२४ मत पाएका छन् । 

मोरङ -४ मा अमनलाल मोदी ११४७ मतसहित अग्रता लिंदा उनलाई एमालेका विनोद प्रसाद ढकालले ६२९ मत सहित पच्छ्याइरहेका छन् । 

रोल्पा - १ मा बर्षमान पुनले  ११५५ मत सहित अग्रता लिंदा एमालेका पूर्ण बुढामगरले २१७ मत सहित पच्छ्याइरहेका छन् ।

दाङ -२ मा रेखा शर्माको अग्रता हुँदा एमालेका महासचिव शंकर पोख्रेलले पच्छ्याइरहेका छन् । शर्माको २१५४ मत आउँदा पोख्रेलले १५४८ मत आएको छ ।  

गोरखा -२ मा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल 'प्रचण्ड'ले ५१६ मत सहित अग्रता लिएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले पच्छ्याइरहेका छन् । 

जाजरकोट - १ मा माओवादीका शक्तिबहादुर बस्नेतले ७४ मतसहित अग्रता लिंदा उनलाई एमालेका निरजप्रसाद आचार्यले ५८ मत सहित पच्छ्याइरहेका छन् ।

 

माओवादी केन्द्र पछाडि परेका क्षेत्र र उम्मेदवार 

शिव कुमार मंडल (केवट) मोरङ - ५
भगत बहादुर बडुवाल, कैलाली - २
माधव सापकोटा, सिन्धुपाल्चोक - १
कृष्ण कुमार चौधरी, कैलाली - ३
मुक्‍सामहाङ्ग सुब्‍बा, सुनसरी - १
नरेन्द्र बहादुर कुंवर,बैतडी - १
महेश्‍वर जंग गहतराज (अथक), बाँके - १
हरि कुमार राना मगर, झापा - २
बीना मगर,कञ्चनपुर - १
मातृका प्रसाद यादव, धनुषा - १
भोज राज अधिकारी, चितवन - ३
हितबहादुर तामाङ, नुवाकोट - १
सुरेश पन्थ, बर्दिया - २
कल्पना धमला, काठमाडौं - ९
सुनिल गोठे , भक्तपुर - १
सुदन किराती, भोजपुर - १
अन्‍जना विशंखे, काठमाडौं - १०
गोमा गौतम (कुँवर),जुम्ला - १
रामजी प्रसाद बराल जीवन, कास्की - ३
चक्रपाणी खनाल , कपिलवस्तु - १
मानुषी यमि भट्टराई (अस्मिता सिहं), काठमाडौं - ७
देवप्रसाद गुरुङ, लमजुङ - १
ओनसरी घर्ती, काठमाडौं - २
पम्फा भुसाल, ललितपुर - ३

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)