ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

के शीर्ष नेताहरू मिलेर चुनाव लड्छन् ? निकटतम सबैको मत जोड्दा पनि शीर्ष नेता एक्लैको बढी !

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र एकिकृत  समाजवादीका पार्टी प्रमुखहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा आफ्ना निकटतम पहिलो र दोस्रो प्रतिद्वन्दीलाई एक ठाउँमा राख्दा पनि मतपरिणाममा अघि देखिएका छन् ।

नेपाली कांग्रेसका सभापपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा २७५६ मतसहित अग्र स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी सागर ढकाल १५२४ र नेपाली कांग्रेस बीपीका कर्ण मल्ल ८९९ मत सहित पच्छ्याइरहेका छन् । यी दुवै उम्मेदवारले पाएको मत जोड्दा पनि २४२३ मात्रै हुन्छ । देउवाले पाएको मत दुवैले पाएको मत भन्दा पनि ३३३ बढी हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा -५ मा ५ हजार १६३ मत सहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका २ हजार ५७५ र राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस कुमार पोखरेल ९७८ मत सहित पच्छ्याइरहेका छन्।

कांग्रेस र रास्वपाका उम्मेदवारले पाएको मत ३ हजार ५५३ मात्रै हुन्छ । ओली एक्लैले ल्याएको मत त्यो भन्दा १ हजार ६१० मतले बढी हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखा -२ मा १३२५ मत सहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका अब्दुस मियाले २६६ र राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले २१२ मत पाएका छन् । यी दुवै उम्मेदवारले पाएको मत  जम्मा ४७८ मात्रै हो । माओवादी अध्यक्ष प्रचण्डले पाएको मत त्यो भन्दा ८४७ बढी हो ।

त्यस्तै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट -१ मा ३३४९ मत सहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका अजय कुमार गुप्ता २२९० मत सहित पच्छ्याइरहेका छन् । जनमत पार्टीका राजेन्द्रप्रसाद साहको १४ मत मात्रै छ । नेपाललाई पच्छ्याउने २ उम्मेदवारको मत जोड्दा २३०४ मत मात्रै हुन्छ । जवकी नेपालले पाएको मत त्योभन्दा १०४५ बढी हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)