ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

'डेन्जर जोन'मा रहेका कांग्रेसका यी ५ उम्मेदवार : जो २ देखि ५० मतान्तरले मात्रै अघि छन्

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रतिक्षा कडेल

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार ४६ स्थानमा काँग्रेसले अग्रता कायम गरेको छ । तर यी ४६ क्षेत्र मध्ये ५ क्षेत्र कांग्रेसका लागि 'डेन्जर जोन' बनेका छन् ।  यी निर्वाचन क्षेत्रमा जुनस्कै समय नतिजा उल्टिने संभावना रहेको छ ।

कास्की -१ नेपाली कांग्रेसका किशोर दत्त बरालले ३८६ पाएर अग्रता लिंदा एमालेका मन बहादुर गुरुङ्ग ३८४ मत सहित पच्छ्याइरहेका छन् । यहाँ सबै भन्दा कम २ मतको मात्रैं मतान्तर रहेको छ।

सप्तरी -४ मा तेजु लाल चौधरीले १२३ मत पाएर अग्रता लिंदा जनमत पार्टीका सुकदेवप्रसाद साह १०२ मत सहित पछि पछि छन् । यहाँ जम्मा २१ मतको मात्रै अन्तर रहेको छ । 

सिराहा -२ मा नेपाली कांग्रेसकी चित्रलेखा यादवले  ९९३ मतसहित अग्रता लिएकी छन् । त्यहाँ जनता समाजवादी पार्टीका राज किशोर यादवले ८४६ मत सहित पच्छ्याइरहेका छन् । यहाँ जम्मा ५३ मतको मात्रै अन्तर रहेको छ ।

कञ्चनपुर -२ मा नेपाली कांग्रेसका एनपी साउदले २८५० मत पाउँदा एमालेका नर बहादुर धामीले २८१२ मत पाएका छन् ।  यहाँ जम्मा ३८ मतले मात्रै साउद अगाडि छन् ।

रौतहट - ४ मा नेपाली कांग्रेसका देव प्रसाद तिमलसेनाले ८०० मत ल्याएर अग्रता लिंदा नेकपा एमालेका उध्दव प्रसाद रेग्मीले ७५० मत सहित पछ्याइरहेका छन् । यहाँ जम्मा ५० मतको मात्रै अन्तर रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)