ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केपी ओलीकै बोली बोल्ने एमालेका यी प्रभावशाली नेता, जो अब संसदमा सुनिने छैनन् 

२०७९ मंसिर, ९  
निर्वाचन विशेष
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar गणेश सुवेदी

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओली केही मान्छेहरूको बीचमा अलोकप्रिय छन् । एकथरी मान्छेलाई उनले उखान टुक्का जोडेर बोलेको फिटिक्कै मन पर्दैन । एमाले भित्रै पनि ओलीलाई मन नपराउने, उनको आलोचना गर्ने मान्छे छन् । तर, ओलीको पनि एउटा खरबा बानी छ- 'आलोचकलाई भित्तामै पुर्‍याउने, प्रशंसकलाई टाउकोमै चढाउने ।' 

ओलीले धेरै आलोचकलाई चुनावमा टिकट नै दिएनन् । केही आलोचना गर्नेले पार्टी नै परित्याग गरे । माधव नेपाल, झलनाथ खनालहरूले पार्टी विभागज गरेर नयाँ दल नै दर्ता गरे । घनश्याम भुसाल लगायतका नेताहरूले चुनावमा टिकट नपाएपछि स्वतन्त्र  उम्मेदवारी दिए ।

तर, उनको प्रशंसा गर्ने नेता बाहिर जति नै आलोचित भएपनि, जति नै विवादमा परेको भएपनि उसको बचाउमा ओली लागि रहे । उनीहरू पनि ओलीका हरेक कदमको समर्थन गर्ने, ओलीले गाली गरेको मान्छेलाई थपेर गाली गर्ने, ओलीले माया गरेको मान्छेलाई माया गर्ने भए । त्यस्ता केही नेताहरू ओलीको 'राइट ह्याण्ड' का रुपमा चिनिए ।

तर, अबको ५ वर्ष ती 'राइट ह्याण्ड'ले ओलीको बोली संसदमा बोल्न पाउने छैनन् । ओलीले एक्लै संसदमा गर्जिनु पर्ने छ । सत्ता पक्ष भए पनि प्रतिपक्ष भए पनि ओलीको बोली बोली दिने धेरै नेताहरू यतिबेला सांसदमा हुने छैनन् ।

ती नेताहरूमा महेश बस्नेत प्रदिप ज्ञावलीसम्म छन् । शंकर पोख्रेल, इश्वर पोख्रेल, नवराज शिलवाल, विशाल भट्टराई, शान्ता चौधरी, निरु पाल, अग्नी खरेल, भानुभक्त ढकाल, राप्रपाका कमल थापा, कोमल वली, लेखराज भट्ट, लालबाबु पण्डित लगायतका नेता अव संसदमा हुने छैनन् ।

बिष्णु पौडेल र पद्मा अर्यालको निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छैन । उनीहरू पनि पराजित भएको खण्डमा संसदमा ओलीको बोली बोल्ने दुई जना पात्र मात्रै हुनेछन् । ती हुन् गोकुल बाँस्कोटा र सूर्य थापा ।

ती बाहेक पूर्व माओवादीबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी र सफ्ट नेता भनेर चिनिने पृथ्वी सुब्बा गुरुङ, पदम गिरी लगायत केही नयाँ अनुहार संसदमा देखिने छन् ।

ओलीले संसद विघठन गर्दा ओली विरुद्ध लागेका केही नेता माधव नेपालले पार्टी फुटाउँदा भने एमालेमै बसेका थिए । ओलीसँग सम्झौता गरेर एकीकृत समाजवादीमा नगएका १० भाई नेता मध्ये भीम रावलले अध्यक्षमा ओलीसँग प्रतिस्पर्धा गरेपछि उनले चुनावमा टिकट नै पाएनन् । घनश्याम भुसालले कडा आलोचना गरेपछि उनीपनि पार्टीबाट बाहिर भइसके ।

अष्टलक्ष्मी शाक्यलाई टिकट दिएपनि उनले प्रतिस्पर्धा गर्न चाहिनन् । युवराज ज्ञावालीले र रघुजी पन्तले पनि टिकट पाएनन् वा स्वेच्छाले चुनाव लडेनन् । सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण बिष्ट र भीम आचार्यले प्रतिस्पर्धा गरेकोमा गोकर्ण बिष्ट र योगेश भट्टराई मात्रै निर्वाचित भएका छन् । पाण्डे पराजित भइसकेका छन् भने आचार्यको अन्तिम परिणाम आइसकेको छैन ।

१० भाइ मध्येबाट निर्वाचित बिष्ट र भट्टराइले ओलीको बोली बोल्ने सम्भावना छैन । उनीहरू स्वभावैले पनि महेश बस्नेत जसरी प्रस्तुत हुँदैनन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)