ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुसमा बैंक ब्याज घटबढ नहुने, वाणिज्य बैकहरूको ब्याजदर भने कात्तिकयता स्थिर

२०७९ मंसिर, २८  
शेयर / बैङ्किङ गतिविधि बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पुस महीनामा बैंकहरूले ब्याजदर घटबढ नगर्ने भएका छन् । उद्योगी व्यवसायीले बैंक, वित्तीय संस्थाको ब्याजदर चर्को भएको भनेर विरोध गरिरहेका बेला वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले छाता संगठनमार्फत पुसमा पनि मङ्सिरकै ब्याजदर कायम गर्ने निर्णय गरेका हुन् । 

वाणिज्य बैंकहरूले भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११ दशमलव शून्य ३ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ९ दशमलव शून्य ३ प्रतिशत ब्याजदर लागू गरेकोमा असोजमा १० प्रतिशतले बढाएर व्यक्तिगतमा १२ दशमलव १३३ र संस्थागतमा १० दशमलव १३३ प्रतिशत पुर्‍याएका थिए । कात्तिक र मङ्सिरमा लागू भएको ब्याजदर पुसमा पनि स्थिर राख्ने निर्णय भएको नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले जानकारी दिए । 

विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि पुसमा ब्याजदर घटबढ नगर्ने भएका छन् । मङ्सिरमा भने उनीहरूले ब्याजदर घटाएका थिए । 

विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएशनले मङ्सिरमा निक्षेपको ब्याजदर शून्य दशमलव १५ प्रतिशत विन्दुले घटाएर १२ दशमलव ८५ प्रतिशत कायम गरेका थिए । यसैगरी फाइनान्स कम्पनीहरूले पनि शून्य दशमलव २० प्रतिशत विन्दुले घटाएर ३ महीनाको मुद्दतीमा १३ प्रतिशत र १ वर्षे मुद्दतीमा १३ दशमलव ३० प्रतिशत ब्याजदर कायम गरेका थिए । 

राष्ट्र बैंकको निर्देशनअनुसार बैंक, वित्तीय संस्थाहरूले हरेक महीना लागू गर्ने ब्याजदर अघिल्लो महीनाको अन्तिम दिन प्रकाशित गर्नुपर्छ । बैंकहरूले एकपटकमा १० प्रतिशत मात्र ब्याजदर परिवर्तन गर्न सक्ने प्रावधान छ । तर, तरलता अभावका कारण ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै बैंकका छाता संगठनहरूले सामूहिक निर्णय गरी ब्याजदर नियन्त्रण गर्दै आएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)