ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तत : अर्जेन्टिनाले चुम्यो कतार विश्वकपको उपाधि

२०७९ पौष, ४  
विश्वकप विशेष खेलकुद अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । अर्जेन्टिनाले अन्तत : ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि  चुमेको छ । कतारस्थित लुसेल स्टेडियममा आइतवार राती भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि चुमेको हो ।

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो । यो उसको तेश्रो उपाधि हो  ।फ्रान्स चाहिं लगातार दोस्रो पटक उपाधि जित्नबाट बन्चित भएको छ। फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो। 

निर्धारित र अतिरिक्त समयको खेल ३–३ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गएको थियो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरेका थिए । 

फ्रान्सका लागि भने केयलिन एमबाप्पे र कोलो मुनीले मात्र गोल गरेका थिए । रोमाञ्चक खेलमा फ्रान्सले दुईपल्ट आफू पछाडि रहेको स्थितिलाई फकाएएको थियो।  एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)