ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले पाए ‘गोल्डेन ग्लोब’, एम्बाप्पेले पाए गोल्डेन बुट

२०७९ पौष, ४  
विश्वकप विशेष खेलकुद अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कतारमा भएको विश्वकप २०२२ मा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले ‘गोल्डेन ग्लोब’ उपाधि जितेका छन्।

आइतवार राती भएको फ्रान्स विरुद्धको फाइनल खेलमा पेनाल्टी रोकेका मार्टिनेजले उत्कृट गोलकिपरको उपाधि जितेका हुन्। हालैका वर्षमा पुरुषतर्फको फुटबलमा अर्जेन्टिनाको पुनरागमनमा मुख्य व्यक्तित्व हुन् मार्टिनेज । उनको दरिलो प्रदर्शनका कारण पनि लियोनल मेसीको टिम फाइनलसम्म आइपुगेको हो ।

उनको उपस्थितिले अर्जेन्टिनी टोलीमा शान्ति र स्थिरता देखियो। क्वाटर फाइनलमा नेदरल्यान्ड विरुद्धको खेलमा शूटआउटको समयमा इमिलियानो मार्टिनेजको उपस्थिति विशेष रह्यो । अन्तिम १६ मा पनि अष्ट्रेलियालाई रोकेर अगाडि बढ्नमा उनले हस्तक्षेप महत्वपूर्ण रह्यो । 

एम्बाप्पेले जिते ‘गोल्डेन बुट’
कतारमा भएको विश्वकप २०२२ मा फ्रान्सका किलियन एम्बाप्पेले ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्। एम्बाप्पेले विश्वकपमा सर्वाधिक ८ गोल गर्दै सो उपाधि जितेका हुन्। एम्बाप्पेले फाइनलमा ह्याट्रिक गर्दै सो उपाधि जितेका हुन्।

मेसीले पाए गोल्डेन बल
 कतार विश्वकपको उपाधि विजेता अर्जेन्टिनी टिमका सुपरस्टार लियोनल मेसीले विश्वकै सर्वोत्कृष्ट खेलाडीका रुपमा गोल्डेन बल पाएका छन् ।

दोहास्थित लुसेल रंगशालामा सम्पन्न निकै नै रोमान्चक र नाटकीय खेलमा फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गरी लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो ।

मेसी विश्वकपकै उत्कृष्ट खेलाडी बनेको यो दोस्रोपल्ट हो ।अर्जेन्टिना फाइनलमा हारेको सन् २०१४ को विश्वकपमा पनि उनी सर्वोत्कृष्ट खेलाडी बनेका थिए । उनले अर्जेन्टिना फाइनलमा पुगेलगत्तै फाइनल खेल आफ्नो विश्वकपमा अन्तिम हुने घोषणा गरेका थिए । एजेन्सीहरु

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)