ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सन २०२२ मा विश्वलाई फर्केर हेर्दा : यी हुन् सबैभन्दा धेरै गुमाउने डलर अर्बपतिहरू

२०७९ पुस, १७  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी

काठमाडौं (अस) । गएको वर्ष उथल पुथलपूर्ण रह्यो । यूरोपमा युद्ध, आकाशिएको महँगी, लियोनल मेसीले जितेको विश्वकप । बेलायती महारानी एलिजावेथ द्वितीय र महान फुटबल खेलाडी पेलेको निधन । चुनावी सभामा जापानका पूर्व प्रधानमन्त्री सिञ्जो आबेको गोली हानी हत्या भयो  ।  सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभ र चिनियाँ पूर्व राष्ट्रपति चियाङ चमिनको निधन पनि चर्चामा रह्यो  ।

मानिसहरु विस्तारै कोरोना भाइरससँगै बाँच्न सिकिरहेका छन् । तर बेलाबेलामा संक्रमणको लहर फैलिएर भाइरसले "म गइसकेको छैन" भन्ने स्मरण गराइरहेको छ । गत साल नोभेम्बरमा विश्वको कूल जनसंख्या ८ अर्ब नाघ्यो ।  २०२२ लाई धेरैले युक्रेनमाथि रुसले गरेको आक्रमण अनि यसको बाछिटाले विश्वभर बढेको महँगीका कारण पनि सम्झिनेछन् ।

विश्वभर चुलिएको महँगी नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढायो । फेडको सोही कदमलाई पछ्याएर बेलायतको केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’, यूरोपेली केन्द्रीय बैंक लगायत विश्वका ७५ भन्दा बढी देशहरुले ब्याजदर बढाउने वा मौद्रिक नीति कसिलो बनाउने गर्दा कर्जा महँगो भयो । सर्वसाधारणहरुको खर्च योग्य आय खुम्चियो । विश्व अर्थतन्त्र मन्दीमा जाने भय चुलियो ।

यो भय यो वर्ष पनि कायमै रहनेछ । दशकौंयताकै उत्कर्षमा महँगी चुलिँदा विश्वभर उपभोक्ताहरु मारमा परे । ब्याजदर बढ्न थालेपछि अमेरिकादेखि चीनसम्मै घरबजारमा सुस्ती देखियो । क्रिप्टो बजारका लागि पनि यो वर्ष शुखमय रहेन । वर्षको शुरुमा बिट्क्वाइन प्रतिगोटा ४५ हजार  डलर थियो । वर्ष अन्त्यमा यो १७ हजार डलरमुनी आयो । 

अनि गएको साललाई विश्वका सर्वाधिक केही धनाढ्यले त झनै सम्भिनेछन् । २०२२ मा विश्वको शेयर बजारमा आएको तीव्र उतारचढावका कारण विशेषगरी सिलिकन भ्यालीका अर्बपतिहरुको सम्पत्तिमा तीव्र कमी आएको छ । 

१. एलन मस्क 

मस्क सन् २०२१ मा विश्वका सबैभन्दा धनी व्यक्ति बनेका थिए । तर यो वर्ष उनको आधाभन्दा धेरै सम्पत्ति गुम्यो । अमेरिकी विधुतीय सवारी साधन निर्माता कम्पनी टेस्लाको शेयरमा आएको कमीका कारण मस्कले वर्ष दिनमा १ खर्ब ३३ अर्ब डलर गुमाए । ब्लुम्बर्गको बिलेनियर इन्डेक्सका अनुसार उनको नेटवर्थ जनवरी १ मा १ खर्ब ३७ अर्ब डलर छ ।

मस्कले  माइक्रोब्लगिङ वेबसाइट ट्विटर ४४ अर्ब डलरमा किन्ने सहमति गरेयता टेस्लाको शेयर मूल्यमा तीव्र उतारचढाव आयो । मस्कले ट्विटर किन्न अधिकांश रकम टेस्लाको शेयर बेचेर जोहो गरेका थिए । 

२. जेफ बेजोस

सन् २०२१ को जुलाईमा अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनको सीईओबाट राजिनामा दिएयता बेजोसले आफ्नो अधिकांश समय अन्तरिक्ष अन्वेशष कम्पनी ब्लुओरिजिनका परियोजनाहरुमा लगाइरहेका छन् । तर उनको अधिकांश सम्पत्ति एमाजनको शेयरमा छ । गएको साल उनको सम्पत्ति झन्डै ५० प्रतिशतले घट्यो । ८५ अर्ब डलर गुमाएका बेजोस अहिले १ खर्ब ९ अर्ब डलरसहित सर्वाधिक धनीको सूचिमा चौंथो स्थानमा छन् । 

३. मार्क जुकरबर्ग 

फेसबुकका संस्थापक मार्कजुकरबर्गले मेटार्भसमा आफ्नो सारा पैसा र प्रयास खन्याइरहेका छन् । छिटै नै मेटाभर्सको विश्व भर्चुअल हुन्छ भन्नेमा फेसबुकका लगानीकर्ताहरु चाँहि विश्वस्त छैनन् । फेसबुकको मातृ कम्पनी मेटाको शेयरमा यस वर्ष पहिरो गएको छ । कम्पनीको शेयरमा आएको कमीका कारण गएको वर्ष जुकरबर्गले ७९ अर्ब डलर गुमाए । जनवरी १ मा उनको नेटवर्थ ४५ अर्ब ६० अर्ब डलर छ । 

४. ल्यारी पेज

अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिनका दुई संस्थापक मध्येका एक ल्यारी पेजले सन् २०१९ देखि कम्पनी चलाएका छैनन् । उनी मातृ कम्पनी अल्फाबेटको सञ्चालक समिति सदस्य मात्रै छन् । गएको वर्ष जनवरीयता कम्पनीको शेयर मूल्य ३९ प्रतिशतले घटेको छ ।

अनलाइन विज्ञापनमा आएको कमी र एप्पल एवम् एमाजनबाट बढ्दो प्रतिस्पर्धाका कारण पनि अल्फाबेटको शेयर ओरालो लागेको छ । गएको वर्ष भर पेजले ४५ अर्ब ५० करोड डलर गुमाएका छन् । जनवरी १ मा उनको नेटवर्थ ब्लुम्बर्गको बिलेनियर इन्डेक्समा क्रमशः ८२ अर्ब ९० करोड डलर छ ।

५. शेर्गे ब्रिन  

अमेरिकी बहुराष्ट्रिय सर्च इञ्जिनका दुई संस्थापक मध्येका अर्का संस्थापक ब्रिन पनि सन् २०१९ देखि कम्पनीमा छैनन् । उनीपनि मातृ कम्पनी अल्फाबेटको सञ्चालक समितिका सदस्य मात्रै छन् ।

गएको वर्ष अल्फाबेटको शेयर ओरालो लाग्दा ब्रिनले ४४ अर्ब २० करोड डलर गुमाएका छन् । जनवरी १ मा उनको नेटवर्थ ब्लुम्बर्गको बिलेनियर इन्डेक्समा ७९ अर्ब ४० करोड डलर छ ।

सूचकको शीर्ष २० मा भारतका पहिलो खर्बपति व्यापारी गौतम अदानी, मेक्सिकोका कार्लोेस स्लिम, जुलिया फ्लेशर कोच तथा परिवार र चिनियाँ व्यापारी चाङ यिमिङबाहेक सबैको नेटवर्थ गत वर्ष घटेको छ । गएको वर्ष सबैभन्दा धेरै नेटवर्थ थपिनेमा अदानी छन् । उनको नेटवर्थ ४४ अर्ब डलर थपिएको छ । एजेन्सीहरूको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)