ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मूल्य समायोजन पछि १५ मध्ये १२ कम्पनीको शेयर मूल्य उकालो, के बजारमा 'बुल' शुरू भएको हो ?

२०७९ पुस, १८  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । पछिल्ला केही दिनयता लाभांश वितरणका लागि बुक क्लोज गरेका कम्पनीहरूको शेयर मूल्य नेप्सेले समायोजन गरेपछि पनि लगातार बढिरहेको छ । पछिल्लो ३ दिनमा मूल्य समायोजन गरिएका १५ मध्ये १२ कम्पनीको शेयर मूल्य बढेको हो ।

लाभांश पाउने मितिसम्म कायम शेयर धनीले लाभांश पाउने पक्का भएपछि भोलिपल्ट नेप्सेले मूल्य समायोजन गर्छ । अर्को कारोबार दिनमा समायोजन भएको मूल्यमा शेयर कारोबार शुरू हुन्छ । गत महीनासम्म पनि यसरी मूल्य समायोजन भएका कम्पनीहरूको मूल्य भोलिपल्टको कारोबारमा घटेको पाइएको थियो ।

कम्पनीले दिने लाभांश पाउन योग्य लगानीकर्ता छुट्याउन एक दिन बुक क्लोज मिति तय गरिएको हुन्छ । उक्त दिनको कारोबार बन्द भएपछि नेप्सेले मूल्य समायोजन गर्छ । त्यसपछि कम्पनीले बोनस शेयर/नगद लाभांश मार्फत दिएको लाभांशको अनुपातमा कम्पनीको शेयर मूल्य घटाइन्छ ।

तर, नयाँ सरकार गठन भएयता भने शेयर बजारमा देखिएको उत्साहले अहिले मूल्य समायोजन गरेपछि पनि कम्पनीको शेयर मूल्य लगातार बढेको पाइएको छ ।

कतिपय लगानीकर्ताले लाभांशको लागि बुक क्लोज हुनुभन्दा पहिला शेयर खरीद गर्छन् भने कतिपय लगानीकर्ता बुक क्लोजपछि मूल्य समायोजन हुँदा घटेको मूल्यमा शेयर खरीद गर्छन् । यो लगानीकर्ताको रणनीतिमा भर पर्ने कुरा हो ।

गत  वर्षको ट्रेण्डलाई हेर्ने हो भने बोनस अथवा नगद लाभांशको समायोजन पछि अधिकांश कम्पनीहरुको शेयर मूल्य घटेको थियो । अहिले भने एकाध कम्पनी बाहेक मूल्य समायोजन पछि सबैजसो कम्पनीको शेयर मूल्य बढेको छ ।

यसरी मूल्य समायोजन पछि पनि उक्त कम्पनीको शेयर मूल्य लगातार बढ्नुलाई शेयर बजारका अनुभवी लगानीकर्ताहरूले शेयर बजारमा 'बुल ट्रेण्ड' शुरु भएको रुपमा अर्थ लगाएका छन् । विगतका वर्षहरूमा पनि शेयर मूल्य समायोजन भइसकेपछि मूल्य बढ्दा बजार बुल ट्रेण्डमा गएको उनीहरूको अनुभव छ ।

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पछिल्लो समय बजार 'अप ट्रेण्ड'मा रहेको  हुँदा कम्पनीहरुको शेयर मूल्य बढ्न कुनै कारण नचाहिने बताउँछिन् । बुलिस मार्केट शुरु भएकाले समायोजन पछि मूल्य बढ्छ भन्दा पनि बजारको ट्रेण्डले कम्पनीहरूको शेयर मूल्य कायम गर्ने पोखरलको भनाई छ । पछिल्लो समय लगानीकर्ताले रुचाएका अर्थमन्त्रीले पूँजी बजार विकास र विस्तारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका कारण पनि अब बजार 'अप ट्रेण्ड'मै जाने पोखरलेको विश्वास छ । 

पछिल्लो १ वर्ष भन्दा बढी देखि बजार घट्दो ट्रेण्डमा रहेको थियो । यो बीचमा कम्पनीहरूको शेयर मूल्य ५०/६० प्रतिशतसम्म घटिसकेको थियो । यही समयमा बोनस शेयरको समायोजनले कम्पनीको शेयर मूल्य तल्लो विन्दुमा आएको छ । मूल्य समायोजन भएपछिको मूल्यमा शेयर खरीद गर्नु उचित रहेको लगानीकर्ता सुनिता थापाले बताइन ।

उनका अनुसार समायोजन पछि कम्पनीको शेयर मूल्य केही सस्तिन्छ । छोटो समयका लागि ट्रेड गर्ने लगानीकर्ताहरूलाई यो उपयुक्त झनै उपयुक्त हुन्छ । ढिलो चाँडो अब बजार बुलिस ट्रेण्डमै जाने भएकाले पनि यो समय शेयर खरीद गर्न उपयुक्त भएको थापाको भनाइ छ ।

समायोजन पछि कुन कुन कम्पनीको मूल्य बढ्यो ?

पछिल्लो ३ दिन यता मूल्य समायोजना भएका १५ कम्पनी मध्ये १२ कम्पनीको शेयर मूल्य बढेको छ । यसमा मूल्य समायोजन भएको दिनको मूल्य र समायोजन पछिको पहिलो कारोबार दिनको मूल्यलाई मात्रै आधार मानिएको छ ।

यसमा ३ ओटा वाणिज्य बैंक बाहेक सबै कम्पनीको शेयर मूल्य बढेको छ । सबैभन्दा बढी फरवार्ड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६६ रुपैयाले वृद्धि भएको छ । नेप्सेले यस कम्पनीको २५ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य १ हजार ९०४ रुपैयाँ तोकेको थियो । त्यपछिको पहिलो कारोबार दिनमा कम्पनीको शेयर मूल्य ६६ रुपैयाँले वृद्धि भएको हो ।

त्यसैगरी दोस्रोमा फर्ष्ट माइक्रोफाइनान्सको शेयर मूल्य एकै दिनमा २२ रुपैया ९१ पैसा वृद्धि भएको छ । १९ प्रतिशत बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ६४१ दशमलव ०९ रुपैयाँ तोकेको थियो । समायोजनपछिको कारोबारमा कम्पनीको मूल्य ९६४ रुपैयाँ पुगेको थियो । 

समायोजनपछि ३०१ रुपैयाँमा आएको सिद्धार्थ बैंकको शेयर मूल्य ३२२ रुपैयाँ, ५९१ रुपैयाँमा आएको सिद्धार्थ इन्स्योरेन्सको शेयर मूल्य ६१२ रुपैयाँ, ७२१ रुपैयाँमा आएको नबिल बैंकको शेयर मूल्य ७३९ रुपैयाँ र ३६४ रुपैयाँमा आएको मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्य ३८२ रुपैयाँ पुगेको थियो ।

त्यसै गरि ५२५ रुपैयाँमा आएको आरएसडिसी लघुवित्तको शेयर मूल्य ५३८ रुपैयाँ, ३८२ रुपैयाँमा आएको युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य ३९३ रुपैयाँ, ३३३ रुपैयाँमा आएको महालक्ष्मी विकास बैंकको शेयर मूल्य ३४२ रुपैयाँ,३२२ रुपैयाँमा आएको बुटवल पावर कम्पनीको शेयर मूल्य ३३० रुपैयाँ, ३३५ रुपैयाँमा आएको कालिका पावर कम्पनीको शेयर मूल्य ३४० रुपैयाँ र २२० रुपैयाँमा आएको प्राइम कमर्सयल बैंकको शेयर मूल्य २२३ रुपैयाँ पुगेको थियो ।

मूल्य समायोजनपछि मूल्य घट्नेमा भने ३ कम्पनी मात्रै रहेका छन् । ती कम्पनीको शेयर मूल्य पनि झिनो मात्रै घटेको छ । ३३८ रुपैयाँमा मूल्य समायोजन भएको हिमालयन बैंकको शेयर मूल्य ३३१ रुपैयाँमा आएको छ ।

२८० दशमलव ८८ रुपैयाँमा मूल्य समायोजन भएको नेपाल बैंकको शेयर मूल्य २८० रुपैयाँमा आएको थियो । २८७ दशमलव ७७ रुपैयाँमा मूल्य समायोजन भएको नेपाल एसबिआई बैंकको शेयर मूल्य २८७ दशमलव ५ रुपैयाँमा आएको थियो । हिमालयन बैंक बाहेक अन्य २ बैकको शेयर मूल्य १ रुपैयाँ भन्दा कम मात्रै घटेको थियो ।

लाभांशको बुक क्लोजपछि समायोजित मूल्य र समायोजन पछिको पहिलो कारोबार मूल्य :

sDkgLsf] gfd  ;dfof]lht d"No ;dfof]hg kl5sf] d"No 36a9 d"No
km/jf8{ n3'ljQ 1904 1970 66
kmi6{ dfOqmf]kmfOgfG; 641.09 664 22.91
l;4fy{ a}+s 301.33 322 20.67
l;4fy{ OG:of]/]G; 591.65 612 20.35
glan a}+s 721.1 739 17.9
ldt]/L 8]enkd]G6 a}+s 364.93 382 17.07
cf/P;l8;L n3'ljQ 525.83 538 12.17
o'gfO6]8 OG:of]/]G; 382.86 393 10.14
dxfnIdL ljsf; a}+s 333.65 342 8.35
a'6jn kfj/ sDkgL 322.38 330 7.62
sflnsf kfj/ 335.13 340 4.87
k|fOd sdl;{on a}+s 220.1 223.1 3
g]kfn P;lacfO{ a}+s 287.77 287.5 -0.27
g]kfn a}}+s 280.88 280 -0.88
lxdfnog a}+s 338.06 331 -7.06
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)