ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१६ वर्षे जवान भयो आइफोन .....

२०७९ पुस, २६  
प्रविधि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रमा सुवेदी

काठमाडौं (अस) । 
अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको आइफोन १६ वर्ष लागेको छ । कम्पनीले ठिक १६ वर्ष अघि सन् २००७ को जनवरी ९ मा आफ्नो  पहिलो आइफोन सार्वजनिक गरेको थियो अहिले आइफोन सबैभन्दा प्रभावशाली प्रडक्ट बनेको छ । यो स्मार्टफोन र मोबाइल उपकरणको कायापलट गरिदियो । पहिलो आइफोन सार्वजनिक गर्ने बेलामा तत्कालीन सीईओ स्टिभ जब्सले टच कन्ट्रोलयुक्त फराकिलो स्क्रिन भएको आइपड, क्रान्तिकारी मोबाइल फोन र ब्रेकथु्र इन्टरनेट सञ्चार उपकरणको कुरा गरेका थिए । यो सुन्दा दर्शकमा रहेका धेरैलाई कम्पनीले तीन ओटा भिन्नाभिन्नै उपकरण ल्याउन लागेछ भन्ने पर्यो । तर यी सबै एउटै उपकरणमा थियो त्यो हो आइफोन  ।त्यति बेला स्मार्टफोन बजारमा मोटो क्यू, ब्लयाकबेरीm पाम टे«ओ र नोकिया ई६२ को वचश्र्व थियो । जब्सले यी सबै फोन र आइफोनबीचको भिन्नता औंल्याए । आइफोनमा भौतिक किबोर्ड थिएन, जसले गर्दा यसको स्क्रिन ठूलो थियो । भिजिक किबोर्ड नहुनु नौलो कुरा थिए । यस्तै खालका (अनि ग्राहकको खासै ध्यान खिच्न नसकेका) अन्य केही उपकरण बजारमा आइसकेका थिए । आइफोनको विशेषता चाँहि ठूलो मल्टि टच स्क्रिन थियो । त्यो ताकाको फोनमा यो नौलो कुरा थियो । अनि यसले स्मार्टफोन बजारमा खेल नै पल्टाइदियो । त्यतिबेला नाम चलेका कयौं मोबाइल ब्रान्ड अहिले बजारबाट हराइसकेका छन् । पहिलो आइफोनमा ३.५ इञ्चको एलसीडी डिस्प्ले थियो, २ मेगापिक्सलको क्यामरा अनि आल्मुनियम र प्लाष्टिकको बडी थियो । त्यसयता हरेक वर्ष एप्पलले नयाँ नयाँ फिचरहरु थपेर आइफोनको नयाँ संस्करण ल्याइरहेको छ । पहिलो आइफोन आएको तीन वर्षपछि अर्थात् सन् २०१० मा आइफोन ४ को साथमा आइफोनको डिजाइनमा व्यापक परिवर्तन गरियो । आइफोन ४ कम्पनीको इतिहासमा ‘टर्निङ प्वाइन्ट’ बन्यो । यसमा विल्कुल नयाँ डिजाइनको नयाँ रेटिना डिस्प्ले, ए४ प्रोसेसर, ५ मेगापिक्सलको क्यामरा, एलईडी फ्ल्याश यस्तै कयौं फिचर थिए । २ वर्ष पछि आइफोन ५ को साथमा आइफोनमा अर्को डिजाइन आयो । अलिक ठूलो रेटिना डिस्प्ले, ए६ चिप, पातलो डिजाइनले यसलाई त्यतिबेलाको विश्वकै सबैभन्दा पातलो स्मार्टफोन बनयाो । सो फोनमा नयाँ ८ मेगापिक्सलको आईसाइट क्यामरा थियो ।
त्यस पछिका हरेक वर्षहरुमा कम्पनीले कयौं नयाँ कुरा ल्याउँदै गयो । अहिलेसम्म पनि कम्पनीले सो कामलाई निरन्तरता दिइरहेको छ । टछ आइडी, फेस आइडी, परिष्कृत क्यामरा आदि आदि । अहिले हामीले आइफोन १४ का संस्करणमा छौं । कम्पनीले छिटै आइफोन १५ ल्याउँदैछ । अहिले कम्पनीले आइफोन, एसई, आइफोन १४, आइफोन १४ प्लस, आइफोन प्रो र आइफोन प्रो म्याक्स गरी पाँच फरक मोडलको आइफोन बनाइरहेको छ । यो पहिलो आइफोनभन्दा ठूलो, पातलो, छिटो अनि उज्यालो छ । ६ इन्ञ्चको स्क्रिनका यी फोन पहिलो संस्करणको आइफोनको कल्पनै गर्न नसकिने कयौं फिचर छन् । आईओस १६ मा चल्ने अल स्क्रिन डिस्प्ले, होम बटन छैन, फेसियल रिकग्निशन, फोके भिडियो रेकर्ड, ४८ एम्पीको क्यामरा । तर स्मार्टफोनको फङ्शन भने मौलिक आइफोनको भन्दा खासै फेरिएका छैनन् । अहिलेका फोनमा धेरै कुरा छन् । आइफोन १ र १४ बीचका फोन कल गर्न मिल्ने, टेक्ष्ट पठाउन सकिने, आइट्युन्स, इन्टरनेटमा पहँुच अनि फोटो खिच्न मिल्ने जस्ता केही समानताहरु अहिले पनि छन् । आइफोनको आविष्कारले सम्भावनाका कयौं बाटा खुलेका छन् । पहिलो आइफोन ल्याउँदा खेरि जब्सले एप्लले फोनको पुनःआविष्कार गर्न लागेको बताएका थिए । उनको यो भनाइ साँचो साबित भएको छ ।
२००७ का जनवरी ८ यता कम्पनीले अर्बौ थान आइफोन बेचिसकेको छ । यो सबैभन्दा धेरै नाफा कमाउने पब्लिक ट्रेडेड कम्पनी पनि हो । आइफोनको अभूतपूर्व सफलताले मोबाइलको छुट्टै अर्थतन्त्र सृजना गरको छ । यसले अरु अर्बौ डलरका कम्पनीको उदयलाई टेवा दिएको छ । तर हालैका वर्षमा आइफोन सान्दर्भिक भइरहँला ? अहिलेको केही वर्ष पछाडि पनि आइफोन चलिरहँला त ? भन्ने प्रश्नहरु उब्जिन थालेका छन् । तर समाजलाई पूरै फेरिदिएको उपकरण अनि विश्वमा एप्पलको वर्चश्वको कथाले भने हामीहरु सबैको मन लोभ्याइरहनेछ । आइफोन आउनु अघि पनि स्मार्टफोनको अस्तित्व थियो । तर आज स्मार्टफोनलाई जुन तरिकाले हामीले लिन्छौं÷हेर्छौ त्यसरी हेरिन्नथ्यो । ब्लयाकबेरीले व्यवसाय केन्द्रीत फोन ल्याएको थियो । अनि नोकियाले सञ्चारको लागि मात्रै फोन बनाइरह्यो । तर एक पटक आइफोन बजारमा आएपछि यसले डिजाइनको भाषा नै फेरिदियो । आज विश्वभर लाखौं करोडौं आइफोन प्रेमीहरु कहिले नयाँ आइफोन बजारमा आउँला भनेर कुरेर बसिरहन्छन् । एन्ड्रोइड चलाउनेहरु पनि नयाँ आइफोनमा के के फिचर आएछ भनेर रुची देखाउँछन् । शुरुदेखि नै आइफोन ‘पर्फेक्ट’ थिएन । कम्पनीले हरेक नयाँ पुस्तासँगै यसको क्षमता र फिचर सुधार्दै गयो । एप स्टोरले आइफोनमा अर्को ब्रेकथ्रु थपिदियो । इन्ष्टाथ्रा, यूबर, स्पोटीफाई, लगायत अन्य अर्बौ डलरको एप र सेवालाई जन्मायो । अहिले एप्पलको सबैभन्दा ठूलो चुनौती आइफोनमाथिको निर्भरता कम गर्नु बनेको छ । केही वर्ष अघि जस्तो थियो अहिले आइफोन त्यतिकै आकर्षक बन्न छाडेको छ । 

एजेन्सीहरुको सहयोगमा 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)