ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१६ वर्षे जवान भयो आइफोन .....

२०७९ पुस, २७  
प्रविधि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रमा सुवेदी

१६ वर्षे जवान भयो आइफोन .....

काठमाडौं ।  अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलको आइफोन (iphone) १६ वर्ष लागेको छ । कम्पनीले ठिक १६ वर्ष अघि सन् २००७ को जनवरी ९ मा आफ्नो  पहिलो आइफोन (iphone) सार्वजनिक गरेको थियो अहिले आइफोन (iphone) सबैभन्दा प्रभावशाली प्रडक्ट बनेको छ ।

यसले स्मार्टफोन र मोबाइल उपकरणको कायापलट गरिदियो । पहिलो आइफोन (iphone) सार्वजनिक गर्ने बेलामा तत्कालीन सीईओ स्टिभ जब्सले टच कन्ट्रोलयुक्त फराकिलो स्क्रिन भएको आइपड, क्रान्तिकारी मोबाइल फोन र ब्रेकथु्र इन्टरनेट सञ्चार उपकरणको कुरा गरेका थिए ।

यो सुन्दा दर्शकमा रहेका धेरैलाई कम्पनीले तीन ओटा भिन्नाभिन्नै उपकरण ल्याउन लागेछ भन्ने पर्यो । तर यी सबै एउटै उपकरणमा थियो त्यो हो आइफोन (iphone)  । त्यति बेला स्मार्टफोन बजारमा मोटो क्यू, ब्लयाकबेरी एम पामट्रे ओ र नोकिया ई६२ को वचश्र्व थियो ।

जब्सले यी सबै फोन र आइफोन (iphone)बीचको भिन्नता औंल्याए । आइफोन (iphone)मा भौतिक किबोर्ड थिएन, जसले गर्दा यसको स्क्रिन ठूलो थियो । भिजिक किबोर्ड नहुनु नौलो कुरा थिए । यस्तै खालका (अनि ग्राहकको खासै ध्यान खिच्न नसकेका) अन्य केही उपकरण बजारमा आइसकेका थिए । आइफोन (iphone)को विशेषता चाँहि ठूलो मल्टि टच स्क्रिन थियो । त्यो ताकाको फोनमा यो नौलो कुरा थियो । अनि यसले स्मार्टफोन बजारमा खेल नै पल्टाइदियो ।

त्यतिबेला नाम चलेका कयौं मोबाइल ब्रान्ड अहिले बजारबाट हराइसकेका छन् । पहिलो आइफोन (iphone)मा ३.५ इञ्चको एलसीडी डिस्प्ले थियो, २ मेगापिक्सलको क्यामरा अनि आल्मुनियम र प्लाष्टिकको बडी थियो । त्यसयता हरेक वर्ष एप्पलले नयाँ नयाँ फिचरहरु थपेर आइफोन (iphone)को नयाँ संस्करण ल्याइरहेको छ ।

पहिलो आइफोन (iphone) आएको तीन वर्षपछि अर्थात् सन् २०१० मा आइफोन (iphone) ४ को साथमा आइफोन (iphone)को डिजाइनमा व्यापक परिवर्तन गरियो । आइफोन (iphone) ४ कम्पनीको इतिहासमा ‘टर्निङ प्वाइन्ट’ बन्यो । यसमा विल्कुल नयाँ डिजाइनको नयाँ रेटिना डिस्प्ले, ए-४ प्रोसेसर, ५ मेगापिक्सलको क्यामरा, एलईडी फ्ल्यास यस्तै कयौं फिचर थिए । २ वर्ष पछि आइफोन (iphone) ५ को साथमा आइफोन (iphone)मा अर्को डिजाइन आयो । अलिक ठूलो रेटिना डिस्प्ले, ए-६ चिप, पातलो डिजाइनले यसलाई त्यतिबेलाको विश्वकै सबैभन्दा पातलो स्मार्टफोन बनयाो । सो फोनमा नयाँ ८ मेगापिक्सलको आईसाइट क्यामरा थियो ।

त्यस पछिका हरेक वर्षहरुमा कम्पनीले कयौं नयाँ कुरा ल्याउँदै गयो । अहिलेसम्म पनि कम्पनीले सो कामलाई निरन्तरता दिइरहेको छ । टछ आइडी, फेस आइडी, परिष्कृत क्यामरा आदि आदि । अहिले हामीले आइफोन (iphone) १४ का संस्करणमा छौं । कम्पनीले छिटै आइफोन (iphone) १५ ल्याउँदैछ । अहिले कम्पनीले आइफोन (iphone), एसई, आइफोन (iphone) १४, आइफोन (iphone १४ प्लस, आइफोन (iphone) प्रो र आइफोन (iphone) प्रो म्याक्स गरी पाँच फरक मोडलको आइफोन (iphone) बनाइरहेको छ ।

यो पहिलो आइफोन (iphone)भन्दा ठूलो, पातलो, छिटो अनि उज्यालो छ । ६ इन्ञ्चको स्क्रिनका यी फोन पहिलो संस्करणको आइफोन (iphone)को कल्पनै गर्न नसकिने कयौं फिचर छन् । आईओस १६ मा चल्ने अल स्क्रिन डिस्प्ले, होम बटन छैन, फेसियल रिकग्निशन, फोके भिडियो रेकर्ड, ४८ एम्पीको क्यामरा । तर स्मार्टफोनको फङ्शन भने मौलिक आइफोन (iphone)को भन्दा खासै फेरिएका छैनन् ।

अहिलेका फोनमा धेरै कुरा छन् । आइफोन (iphone) १ र १४ बीचका फोन कल गर्न मिल्ने, टेक्स पठाउन सकिने, आइट्युन्स, इन्टरनेटमा पहुँच अनि फोटो खिच्न मिल्ने जस्ता केही समानताहरु अहिले पनि छन् । आइफोन (iphone)को आविष्कारले सम्भावनाका कयौं बाटा खुलेका छन् । पहिलो आइफोन (iphone) ल्याउँदा खेरि जब्सले एप्लले फोनको पुनःआविष्कार गर्न लागेको बताएका थिए । उनको यो भनाइ साँचो साबित भएको छ ।

२००७ का जनवरी ८ यता कम्पनीले अर्बौ थान आइफोन (iphone) बेचिसकेको छ । यो सबैभन्दा धेरै नाफा कमाउने पब्लिक ट्रेडेड कम्पनी पनि हो । आइफोन (iphone)को अभूतपूर्व सफलताले मोबाइलको छुट्टै अर्थतन्त्र सृजना गरको छ । यसले अरु अर्बौ डलरका कम्पनीको उदयलाई टेवा दिएको छ । तर हालैका वर्षमा आइफोन (iphone) सान्दर्भिक भइरहँला ? अहिलेको केही वर्ष पछाडि पनि आइफोन (iphone) चलिरहँला त ? भन्ने प्रश्नहरु उब्जिन थालेका छन् ।

तर समाजलाई पूरै फेरिदिएको उपकरण अनि विश्वमा एप्पलको वर्चश्वको कथाले भने हामीहरु सबैको मन लोभ्याइरहनेछ । आइफोन (iphone) आउनु अघि पनि स्मार्टफोनको अस्तित्व थियो । तर आज स्मार्टफोनलाई जुन तरिकाले हामीले लिन्छौं / हेर्छौ त्यसरी हेरिन्नथ्यो । ब्लयाकबेरीले व्यवसाय केन्द्रीत फोन ल्याएको थियो । अनि नोकियाले सञ्चारको लागि मात्रै फोन बनाइरह्यो । तर एक पटक आइफोन (iphone) बजारमा आएपछि यसले डिजाइनको भाषा नै फेरिदियो ।

आज विश्वभर लाखौं करोडौं आइफोन (iphone) प्रेमीहरु कहिले नयाँ आइफोन (iphone) बजारमा आउँला भनेर कुरेर बसिरहन्छन् । एन्ड्रोइड चलाउनेहरु पनि नयाँ आइफोन (iphone)मा के के फिचर आएछ भनेर रुची देखाउँछन् । शुरुदेखि नै आइफोन (iphone) ‘पर्फेक्ट’ थिएन । कम्पनीले हरेक नयाँ पुस्तासँगै यसको क्षमता र फिचर सुधार्दै गयो । एप स्टोरले आइफोन (iphone)मा अर्को ब्रेकथ्रु थपिदियो । इन्ष्टाथ्रा, यूबर, स्पोटीफाई, लगायत अन्य अर्बौ डलरको एप र सेवालाई जन्मायो । अहिले एप्पलको सबैभन्दा ठूलो चुनौती आइफोन (iphone)माथिको निर्भरता कम गर्नु बनेको छ । केही वर्ष अघि जस्तो थियो अहिले आइफोन (iphone) त्यतिकै आकर्षक बन्न छाडेको छ । एजेन्सीहरुको सहयोगमा 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)