काठमाडौं । थोरै समय काम गरेर पनि सोच्नै नसक्ने तलब सुविधा लिने शीर्ष कार्यकारीहरू औंलामा गन्न सकिने मात्रै छन् । यो सूचीको एउटा नाम हो- जेअफ मोर्रेल ।
सन् २०२२ जनवरी २४ देखि तीन महिना मात्रै डिज्नीका कर्पोरेट मामिला अधिकारी रहेका उनले सो अवधिमा ८३ लाख डलर तलब र बोनस थापेका छन् । गएको महीना कम्पनीले नियामककहाँ बुझाएको एउटा फाइलिङले यस्तो देखाएको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यो रकममा उनको परिवारलाई लन्डनबाट लस एन्जलस ल्याउँदा लागेको ५ लाख ३७ हजार ४३८ डलरका साथै जागिर सकिएपछि उनको परिवारलाई पुनः फिर्ता लैजादा खर्च भएको अतिरिक्त ५ लाख डलर पनि समावेश गरिएको छ । योबाहेक डिज्नीले मोरेलको करारको बाँकी अवधिको लागि पनि पैसा तिर्ने भएको छ । अक्टोबर १ मा सकिने चालू आवमा कम्पनीले थप ४० लाख डलर पनि दिँदैछ । यसमा सन् २०२२ मा उनले पाउने लक्षित बोनस पनि समावेश गरिएको छ ।
डिज्नीको सार्वजनिक सम्बन्ध र सरकारी मामिला टिमको नेतृत्व गरेका उनको यो तलब दिनका आधारमा १ लाख ५० हजार डलर हुन आउँछ । कूल रकममा उनको परिवारलाई लन्डनबाट लस एन्जलस ल्याउँदा लागेको ५ लाख ३७ हजार ४३८ डलरका साथै जागिर सकिएपछि उनको परिवारलाई पुनः फिर्ता लैजादा खर्च भएको अतिरिक्त ५ लाख डलर पनि समावेश गरिएको छ ।
योबाहेक डिज्नीले मोरेलको करारको बाँकी अवधिको लागि पनि पैसा तिर्ने भएको छ । अक्टोबर १ मा सकिने चालू आवमा कम्पनीले थप ४० लाख डलर पनि दिँदैछ । यसमा सन् २०२२ मा उनले पाउने लक्षित बोनस पनि समावेश गरिएको छ । यो उनको तीन महीनाको भुक्तानीमा समावेश गरिएको छैन । अर्थात् वर्षको एउटा त्रैमासमा मात्रै काम गरेबापत मोर्रेलले १ करोड ३ लाख डलर लिँदैछन् ।