ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर शिक्षा : कसरी हुन्छ बोनस र हकप्रद शेयर मूल्य समायोजन ?

२०७९ माघ, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । शेयर बजारमा बोनस र हकप्रद समाचारले सबैको ध्यानाकर्षण गर्दछ । आफूले लगानी गरेको कम्पनीले राम्रो नगद/बोनस शेयर वितरण गर्दा घटिरहेको बजारमा पनि लगानीकर्ताले राहत महसुस गर्न सक्छन् । राम्रो मुनाफा गर्ने कम्पनीले शेयरधनीलाई राम्रो लाभांश बाँड्न सक्छ । 

निरन्तर राम्रो लाभांश दिने कम्पनीले लगानीकर्तालाई आकर्षित पारिराखेको हुन्छ । त्यस्तै कम्पनीलाई थप पुँजीको आवश्यकता हुँदा उसले आफ्ना शेयरधनीहरूलाई थप शेयर (हकप्रद शेयर) निष्कासन गर्ने गर्दछ । कम्पनीकै केही वा सबै नाफा शेयरधनीलाई नबाँडेर त्यसको सट्टा थप शेयर अथवा बोनस शेयर पनि दिने गर्दछ । 

हकप्रद र बोनस बाँडेपछि कम्पनीको शेयर मूल्य समायोजन हुन्छ । बोनस र हकप्रदपछि कम्पनीको शेयर पूँजीमा वृद्धि हुन्छ र जारी शेयरको अंकमा पनि वृद्धि हुन्छ । यसकारण शेयरको बजार मूल्यांकनलाई उही राख्न बोनस वा हकप्रद जारी गर्ने कम्पनीको शेयरको बजार मूल्य समायोजन गरिन्छ । 

केही समयअघि नगद लाभांशको हकमा पनि बजार मूल्य समायोजन हुने नियम आए पनि त्यो विशेष अवस्थामा मात्र लागू हुन्छ । नगद लाभांशको हकमा बजार मूल्यको १० प्रतिशतभन्दा धेरै नगद लाभांश आएमा मात्र बुक क्लोजको दिन नगद लाभांशको मूल्य समायोजन नेप्सेले गर्दछ । 

बोनस र हकप्रद शेयर वितरणपछि गरिने मूल्य समायोजनबारे एउटा उदाहरण हेरौं- मानौं, 'क' कम्पनीले शेयरधनीलाई एक वर्षमा कमाएको मुनाफाबाट २० प्रतिशत बोनस शेयर दियो । यहाँ सम्झनुपर्ने के हुन्छ भने जहिले पनि कम्पनीले बोनस या हकप्रद शेयरको मूल्य समायोजन बुक क्लोज मितिको अघिल्लो दिनको बन्द मूल्यको आधारमा हुने गर्दछ । सो मितिपश्चात् शेयर खरीद गर्ने लगानीकर्ताले भने बोनस शेयर पाउँदैन । 

'क' कम्पनीको शेयर मूल्य बुक क्लोज मितिको अघिल्लो दिन रू. ९३० मा बन्द भयो । अब यस कम्पनीको शेयर अर्को दिन कारोबारमा आउँदा मूल्य समायोजन भएर आउँछ । समायोजनको सूत्र यस्तो छ । 

समायोजित मूल्य = बजार मूल्य ÷ (१ + बोनस प्रतिशत)

यहाँको उदाहरणमा अन्तिम दिनको मूल्य बजार मूल्य ९३० भएकाले समायोजित मूल्य रू. ७७५ हुन्छ,

९३०  ÷ ( १ + ०.२ (नोट २० प्रतिशत बोनस शेयरलाई १०० ले भाग गरेर शून्य दशमलव २ प्रयोग गरिएको) 

कसरी हुन्छ हकप्रद शेयरको मूल्य समायोजन ? 

यसमा प्रयोग हुने सूत्र 

समायोजित मूल्य ‌‌= अन्तिम दिनको बजार मूल्य +(हकप्रद शेयरको मूल्य × हकप्रद शेयर प्रतिशत ) ÷ (१ + हकप्रद प्रतिशत 

मानौं, 'ख' कम्पनीले आफ्ना शेयरधनीलाई २ सय प्रतिशत हकप्रद शेयर (अंकित मूल्य रू. १००) निष्कासन गर्न लागेको छ र यस कम्पनीको बुक क्लोजको अघिल्लो दिनको अन्तिम मूल्य रू. ४५० छ ।  यसमा समायोजित मूल्य रू. २१६ दशमलव ६६ हुन्छ । 

४५० + ( १०० ×२) ÷१ +२ ( २ सय  प्रतिशत हकप्रद शेयरलाई १०० ले भाग गरेर सूत्रमा २  प्रयोग गरिएको) 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)