ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीटीसी ओभरसिजले वीरगञ्जमा ल्यायो सोमानी र ज्याकवरको शो रुम

२०७९ फागुन, ५  
मधेश प्रदेश बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । व्यापारिक प्रतिष्ठान जीटीसी ओभरसिजले वीरगञ्जमा टायल्स, बाथबेयर र लाइटिङको शो रुम सञ्चालनमा ल्याएको छ । जीटीसी ओभरसिजले शुक्रवार भारतीय कम्पनीहरू सोमानी र ज्याकवरका ती उत्पादनहरूको शो रुम खोलेको हो । 

पछिल्लो समय घर निर्माणमा टायल्स, मार्बल, बाथरुम तथा विद्युतीय सजावटको माग र यसको बजार बढ्दै गएको छ । वीरगञ्जको आदर्शनगरमा यी दुवै कम्पनीको शो रुम सञ्चालनमा ल्याएको जीटीसी ओभरसिजका प्रबन्ध निर्देशक अशोक लाठले बताए । 

नेपालमा टायल्स, मार्बल, बाथरुममा प्रयोग हुने सेनिटरीको बजार वार्षिक २५ अर्ब रुपैयाँभन्दा बढीको भएको अनुमान छ । सोमानी सेरामिक्सका नेपाल प्रमुख रुपेश मनोटले वीरगञ्ज र आसपासका ग्राहकलाई ध्यानमा राखेर शो रुम खोलिएको बताए । 

विगत ३० वर्षदेखि नेपालमा आफ्ना उत्पादन बेचिरहेको यो भारतीय कम्पनीले आगामी वर्ष भैरहवामा उद्योग खोल्ने योजना बनाएको जानकारी पनि मनोटले दिए । 

ज्याकवरका नेपाल प्रमुख नरेश मनोहतले नेपालमा कारोबार गरेको २३ वर्षमा ग्राहकको विश्वास जितेको दाबी गरे । बाथरुममा प्रयोग हुने सेनिटरी सामान र घरमा प्रयोग हुने बिजुलीको कारोबारमा केन्द्रित यो कम्पनीले भारतसहित चीन, दक्षिण कोरिया, इटाली र टर्कीमा पनि आफ्नो उत्पादन युनिट विस्तार गरेको जानकारी उनले दिए ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)