ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा कम्पनीहरूले पुनर्बीमा कमिशनबापत कमाए २ अर्ब २३ करोडभन्दा बढी 

२०७९ फागुन, १५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । नेप्सेमा सूचीकृत १६ निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमाससम्म पुनर्बीमा कमिशनबापत रू. २ अर्ब २३ करोड आम्दानी गरेका छन् । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा शून्य दशमलव ३२ प्रतिशत कमी आएको हो । गत आवको दोस्रो त्रैमाससम्म यी कम्पनीहरूले पुनर्बीमा कमिशनबापत रू. २ अर्ब २४ करोड आम्दानी गरेका थिए ।

‘चालू आवमा कम्पनीहरूको दाबी भुक्तानी बढेकाले पुनर्बीमा कमिशन घटेको हो,’ प्रुडेन्सियल इन्स्योरेन्सकी पुनर्बीमा प्रमुख उदिता जोशी भनिन् । उनका अनुसार दाबी भुक्तानी घट्यो भने यस्तो कमिशन बढ्ने गर्दछ । ‘पुराना दाबीहरूको भुक्तानी गर्नुपरेकाले पनि कम्पनीहरूको पुनर्बीमा कमिशन घटेको हो,’ उनले प्रष्ट्याइन् । 

१६ कम्पनीमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सले पुनर्बीमा कमिशनबापत रू. ३४ करोड ६१ लाख आम्दानी गरेको छ । यो आम्दानी गत आवको तुलनामा ७ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा कम्पनीले पुनर्बीमा कमिशनबापत रू. ३२ करोड ५ लाख आम्दानी गरेको थियो । त्यस्तै दोस्रोमा एनएलजी इन्स्योरेन्सले रू. १७ करोड ५५ लाख पुनर्बीमा कमिशनबापत आम्दानी गरेको छ ।

गत आवको तुलनामा चालू आवमा १६ कम्पनीमध्ये ६ कम्पनीको पुनर्बीमा कमिशन आय बढेको छ भने बाँकी सबै कम्पनीको घटेको छ । सबैभन्दा बढी सानिमा जिआईसी इन्स्योरेन्सको पुनर्बीमा कमिशन आय गत आवको तुलनामा चालू आवमा ६१ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा पुनर्बीमा कमिशनबापत रू. ८ करोड ८० लाख आम्दानी गरेकोमा चालू आवमा रू. १४ करोड २३ लाख पु¥याएको छ । त्यस्तै सबैभन्दा कम प्रुडेन्सियल इन्स्योरेन्सले रू.७ करोड ९० लाख पुनर्बीमा कमिशन बापत आम्दानी गरेको हो । 

हाल नेपालमा दुई ओटा पुनर्बीमा कम्पनी छन् । ती हुन्– नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि–इन्स्योरेन्स कम्पनी । 

के हो पुनर्बीमा कमशिन आय ? 

एउटा बीमा कम्पनीमा गरिएको बीमालाई फेरि अर्को बीमा कम्पनीमा बीमा गरिने वा बीमाको पनि बीमा गरिने प्रक्रियालाई पुनर्बीमा भनिन्छ । यसरी गरिने पुनर्बीमा व्यक्ति आफूले नगरी बीमा गरिएको कम्पनीले नै गर्छ । 

पुनर्बीमा गर्दा पहिले बीमा गरिएको कम्पनीले लिएको शुल्कको केही हिस्सा पुनर्बीमा कम्पनीलाई बुझाएर पुनः बीमा गरी जोखिम हस्तान्तरण गरिन्छ । दाबी भुक्तानी परेमा पुनर्बीमा कम्पनी पनि भुक्तानीको जिम्मेवार हुन्छ र पहिलो बीमा गरिएको कम्पनी आर्थिकरूपमा सुरक्षित रहन्छ । बीमा कम्पनीले बीमा गरिएको सम्पत्ति वा जीवनको थोरै हिस्सा जोखिम आफूले राखेर धेरै जोखिम पुनर्बीमा कम्पनीमा सार्ने गर्दछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)