ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक तान्न निःशुल्क टिकट र नगदै दिने उपायपछि भुटानले ल्यायो 'ड्युटी फ्री' सुन दिने अफर !

२०७९ फागुन, १८  
र यो पनि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भुटानले पयर्टकहरुलाई आकर्षित गर्न नयाँ उपाय अपनाएको छ । भुटान घुम्न आउने पर्यटकहरुले डयुटी फ्री सुन किन्न पाउने भएका छन् ।

दिगो विकास शुल्क (एसडीएफ) बुझाउने पर्यटकहरुले मार्च १ देखि चुबाचु र फुन्टशोलिंगगका ड्युटी फ्री पसलहरुबाट सुन किन्न सक्ने छन् । यी पसलहरू अस्थायी रुपमा बैंक अफ भुटानको कार्यालयभित्र रहनेछन् ।

सुन किन्नका लागि पयर्टकहरुले नियमित खालको यात्रा डकुमेन्टबाहेक दुई थरी विशेष कागजपत्र देखाउनु पर्नेछ । एउटा कागजपत्र एसडीएफ  बुझाएको प्रमाण हो । यसलाई भन्सार विभागले जारी गर्दछ । अर्को चाँहि पर्यटकले भुटानमा पयर्टक मापदन्ड तोकेको होटलमा एक रात बिताएको प्रमाणित गर्ने रसिद हो ।

एक जना पयर्टकलाई धेरैमा २० ग्राम सुन बेचिनेछ । विश्व बजारमा सुनको भाउका आधारमा ड्युटी फ्री पसलमा सुनको भाउ तोकिएको हुनेछ । 

विश्वभर जनुसुकै देशमा ड्युटी फ्री पसलमा किनेको सामान सस्तै हुन्छ । त्यसैले भुटानमा पनि भाउ सस्तो नै हुनेछ । सुनमा पनि यही कुरा लागू हुनेछ । सामान्य बजारको तुलनमा यस्ता ड्युटी फ्री पसलको सुन सस्तो हुनेछ । गैर–पर्यटक र भुटानी नागरिकहरुले यस्तो पसलमा सुन किन्न पाउने छैनन् । सुन किन्न पयर्टकहरुले अमेरिकी डलरमा भुक्तानी गर्नु पर्नेछ । अर्थात् डलर बाहेक अरु पैसामा सुन किन्न पाइने छैन ।

तर यो उपायले पर्यटकहरुको आगमन बढाउनेमा भने आशंका गरिएको छ । भुटानले यसरी पयर्टकका लागि सुन बेच्न थालेको यो पहिलो पटक हो । यसले विशेषगरी आफूहरुलाई फाइदा पुर्याउनेमा स्वयम् होटल व्यवसायीहरुले नै शंका गरेका छन् ।

सुनै किन्नका लागि भनेर भुटाउन धाउनेहरु होलान त ? यो पनि अर्को सोचनिय प्रश्न हुन सक्छ । अहिले होटलमा पयर्टकको संख्या अति नै कम छ । सुन किन्नै भनेर एक रात मात्रै बस्ने गरी पर्यटकहरु आउलान् त भन्ने प्रश्न पनि छ ।

एसडीएफका कारण अवस्था झनै खराब भएको छ । ड्युटी फ्री पसलमा पाइने सामानको उपलब्धता विविधिकृत गर्न सुन बेच्न शुरु गरिएको हो । भुटानले यस्ता पसलहरुमा यस अघि नै रक्सी, कस्मेटिक्स, खानेकुरा र अन्य सामान बेचिरहेको छ । यी पसलहरुमा भुटानी ब्रान्डका सुन किनबेच हुनेछ । 

हालैका दिनहरुमा एशियामा पयर्टकहरु भित्र्याउने देशहरुले कयौं उपायहरु अपनाइरहेका छन् । सिंगापुरले ५ लाख भन्दा धेरै हवाई टिकट निःशुल्क बाड्दा ताइवानले पनि पर्यटकहरुलाई छूट र नगद दिने योजनाको घोषणा गरेको छ । एजेन्सीको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)