ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मर्जरमा गएका सहित ८ बैंकको शेयर मूल्य २०० रुपैयाँभन्दा तल, लगानीकर्ता भन्छन्- 'साँवा पनि उठेन'

२०७९ चैत, १२  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । मर्जरमा गएका अधिकांश वाणिज्य बैंकको शेयर मूल्य २०० रुपैयाँभन्दा तल रहेको छ । मर्जर र प्राप्तिपछि कायम पाँच वाणिज्य बैंकहरूमध्ये हिमालयन बैंकबाहेक सबै कम्पनीको शेयर मूल्य २०० रुपैयाँभन्दा तल रहेको छ ।

सबैभन्दा कम प्रभु बैंकको शेयर मूल्य बिहीवार प्रतिकित्ता १७६ रुपैयाँ कायम भएको छ । यी कम्पनीका साथै आठ कम्पनीको शेयर मूल्य २०० रुपैयाँभन्दा तल रहेको छ । सबैभन्दा बढी शेयर मूल्य दुई वर्ष शेयरधनीलाई लाभांश नबाँडेको एनआईसी एशिया बैंकको ६८६ रुपैयाँ रहको छ । त्यस्तै नबिल बैंकको शेयर मूल्य ६०५ रुपैयाँ रहेको छ । यी कम्पनीका साथै सन्राइज बैंक र लक्ष्मी बैंक पनि एक आपसमा मर्जरमा जाने सम्झौता गरेका छन् । 

यसरी मर्जरमा गई ठूलो पूँजी कायम  भएका कम्पनीको शेयर मूल्य भने निरन्तर ओरालो लागेको छ । मर्जरमा गएपछि पनि कम्पनीले दिने लाभांशदर घटेको एक लगानीकर्ताले बताए । यसरी लाभांशदर घट्दै जाँदा वाणिज्य बैकको शेयरबाट साँवा पनि नउठेको लगानीकर्ताको गुनासो छ । मर्जरका कारण नै वाणिज्य बैंकको शेयर मूल्यमा विक्री चाप परेको  शेयर विश्लेषकहरू बताउँछन् । यसोत पछिल्लो समय ट्रेडरहरूले कम पूँजी भएका कम्पनीहरूको शेयर बढी कारोबार गरेका छन् । सोही कारण कम पूँजी भएको कम्पनीको शेयर मूल्य बढेको देखिन्छ भने धेरै पूँजी भएको कम्पनीको शेयर मूल्य घटेको देखिन्छ । 

लामो समयदेखि शेयर बजारमा आवद्ध अनुभवी  लगानीकर्ता डम्बरूबल्लभ घिमिरेका अनुसार मर्जरपश्चात् कम्पनीको पूँजी धेरै भएकाले पनि वाणिज्य बैंकको शेयर मूल्य तल आएको हो । यस्ता कम्पनीको शेयर मूल्य ५ रुपैयाँ बढ्ने बित्तिकै विक्रेता हाबी हुन्छन् । सो कारण पनि कम्पनीको शेयर मूल्य तल रहेको घिमिरेको भनाइ छ ।

त्यस्तै पछिल्लो केही समयदेखि बजार निरन्तर घट्दो ट्रेण्डमा रहेकाले पनि कम्पनीहरूको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको घिमिरेको भनाइ छ । यस वर्ष अधिकांश वाणिज्य बैंकहरूले लाभांशदर घटाएका छन् । सोही कारण पनि यस्ता कम्पनीको शेयर मूल्य घटेको हो भने अर्को कारण मर्जर प्रक्रियाका कारण लामो समयदेखि रोकिएको शेयर कारोबार मर्जरपछि खुल्ने वित्तिकै बजारमा कम्पनीको सप्लाई बढेकाले पनि मूल्य घटेको लगानीकर्ता बताउँछन् ।  


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)