ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालमा ब्रोकर कम्पनी बढाउन आवश्यक छ ? यसो भन्छन् विज्ञहरू

२०७९ चैत, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । नेपालमा १०० ओटा ब्रोकर कम्पनी आवश्यक रहेको भन्ने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको अभिव्यक्ति पूँजी बजारमा चासो राख्नेहरूबीच चर्चाको विषय बनेको छ । गत बुधबार एक कार्यक्रममा उनले थप प्रतिस्पर्धाका लागि १०० ओटा ब्रोकर कम्पनी आवश्यक रहेको धारणा राखेका थिए । 

अहिले नेपालमा ५० ओटा स्टक ब्रोकर कम्पनी छन् । यसो त पछिल्लो समय पूर्ण अनलाइन प्रणालीबाट शेयर कारोबार हुने गर्दछ । के साँच्चिकै नेपालमा सय ओटा ब्रोकरको आवश्यकता छ त ? भन्ने प्रश्न आइरहेको छ । प्रविधिको विकासले धेरैजसो काम सिस्टमबाटै गर्ने मिल्ने भएकाले पनि यस्ता प्रश्न उठेका हुन् । साथै सञ्चालनमा रहेका ब्रोकर कम्पनीहरूमा पनि पछिल्लो समय कम कर्मचारी भए पनि हुने अवस्था सिर्जना भएको छ ।  

अधिवक्ता तथा धितोपत्रविज्ञ ज्योति दाहाल थप ब्रोकरको आवश्यक नरहेको र अहिलेकै ब्रोकरको संख्या नै धेरै भएको बताउँछन् ।  उनले भने, ‘भएकै ब्रोकरले राम्रो र स्तरीय सेवा सुविधा दिए पुग्छ ।’ यसरी हेर्दा थप ब्रोकरको आवश्यकता नेपालमा रहेको देखिँदैन । उनले थपे, ‘विगतमा पनि वाणिज्य बैंकको संख्या ३२ थियो । पछिल्लो समय मर्जर गरेर घटाउन थालिएको छ । बीमा कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । ब्रोकर कम्पनी मात्रै किन बढाउनुपर्‍यो ?’ 

तर, अन्तराष्ट्रिय पूँजीबजारविज्ञ मुक्ति अर्याल धारणाचाहिँ फरक छ । अर्याल थप ब्रोकर आवश्यक रहेको बताउँछन् । उनका अनुसार शेयर बजार विकास र विस्तारको लागि थप ब्रोकरका आवश्यकता, धेरै पहिलेदेखिको हो । सय वा दुई सय कति ब्रोकर कम्पनी चाहिने हो भन्ने कुराको निर्धारण बजारले नै गर्ने विज्ञ अर्यालको भनाइ छ । 

ब्रोकर एसोसिएशनका अध्यक्ष धर्मराज सापकोटा पूँजी बजारका मुद्दा राम्रोसँग अध्ययन गरेर मात्रै दीर्घकालीन नीति बनाउनुपर्ने बताउँछन् । ‘हामी ब्रोकरहरूलाई नयाँ ब्रोकर आउँदा अफ्ठेरो लाग्नु स्वाभाविक नै हो,’ उनले भने, ‘नियामकले चाहिँ क्यापिटल मार्केटका इस्युमा राम्रोसँग अध्ययन गरी त्यसको निष्कर्षअनुसार दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्दछ ।’ 

ब्रोकर एसोर्सिशनका अध्यक्ष सापकोटाका अनुसार नेपालमा सूचीकृत कम्पनीको संख्या थोरै हुनाले सेक्टरको विविधता पनि छैन । त्यसैले आवश्यक ब्रोकरको आवश्यक संख्या अनुमानका आधारमा भन्न सकिने अवस्था छैन ।  पछिल्लो समय शाखा विस्तार भइरहेकाले पनि ब्रोकरको पहुँच सबै ठाउँमा विस्तार हुने  सापकोटाको भनाइ छ । 

लगानीकर्ता नवराज दाहाल नेपालमा थप ब्रोकरको आवश्यकता नरहेको धारणा राख्छन् । ‘हामीलाई क्वान्टिटीभन्दा पनि बढी क्वालिटी चाहिएको छ,’ उनले भने । दाहालका अनुसार अहिलेको संख्या पनि धेरै छ । संख्यात्मक कमीको अवस्था होइन । सीमित ठाउँमा मात्रै ब्रोकरहरू बसेर सबै ठाउँमा सेवा विस्तार हुन नसकेको हो । अहिले ब्रोकरहरूले सेवा विस्तार गर्नुपर्ने खाँचोचाहिँ रहेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)