ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक हप्तामै १७ लाख कित्ता संस्थापक शेयर विक्रीमा : मन्दीले च्यापेपछि विक्रीको बाढी

२०७९ चैत, २२  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं। पछिल्लो समय दिनहुँजसो बैंक तथा वित्तीय संस्थाले संस्थापक शेयर विक्रीमा/लिलामीमा भनेर सूचना जारी गरिरहेका छन् ।

संस्थापक शेयरधनीहरुले लाखौं कित्तासम्म शेयर विक्रीमा राख्दा एक हप्ताको अवधिमा मात्रै साढे १७ लाख कित्ताभन्दा बढी संस्थापक शेयर लिलामीमा आएका छन् । एक महीनाकै तथ्याङ्क जोड्ने हो भने यो संख्या सजिलै करोडमा पुग्ने निश्चित छ । तर, बैंक तथा वित्तीय संस्थाले विक्रीमा राखेका संस्थापक शेयर समयमै विक्री हुन भने सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार संस्थापक शेयरधनीले पहिला विद्यमान संस्थापकलाई शेयर विक्री खुला गर्नुपर्ने हुन्छ । कम्पनीहरुले ३५ दिने सूचना जारी गरेर संस्थापकलाई शेयर किन्न आग्रह गर्छन् । तर, उक्त समयमा संस्थापक शेयर विक्री नभएमा केही समयपछि सर्वसाधारण अन्य लगानीकर्ताले समेत शेयर खरीद गर्न मिल्ने गरी फेरि विक्री खुला गर्छन्  ।

पछिल्लो समय आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरूको खराब कर्जा दिनप्रतिदिन बढिरहेको छ । यसले बैंकले दिने प्रतिफलमा समेत असर गर्ने निश्चित छ । बैंकहरूको चुक्ता पूँजी बढेपनि त्यसअनुसारको ब्यापार नबढेको र खराब कर्जाका कारण प्रतिफलसमेत घट्ने भएकाले संस्थापक शेयरधनीहरुले शेयर विक्री गरिरहेको धितोपत्र विज्ञ ज्योति दाहाल बताउँछन् ।

कतिपय लगानीकर्तालाई पैसाको खाँचो परिरहेको र कतिपयले यो क्षेत्रबाट लगानी निकालेर अन्य क्षेत्रमा सिफ्ट हुन खोजेकाले पनि संस्थापक शेयरको विक्री ह्वात्तै बढेको दाहालको बुझाइ छ । 

पैसाको अभाव र घरयासी तथा व्यवसायिक व्यवहार मिलाउन समेत प्रमोटर शेयरको आपूर्ति बढेको एक ब्रोकरले बताए । चैत्र मसान्तमा,ऋण सेटलमेन्टको लागि पनि प्रमोटर शेयरको विक्री अत्याधिक बढेको हुन सक्ने उनको तर्क छ । 

अर्थतन्त्रमा मन्दी, चर्को ब्याजदर लगायतका कारण संस्थापकहरुले रकम जुटाउनका लागि पनि आफूसँग भएको संस्थापक शेयर विक्री गर्नुपर्ने बाध्यता आइपरेको हुन सक्ने जानकारहरु बताउँछन् ।

बुधवार मात्रै कुमारी बैंकको ८ हजार ७१२ कित्ता र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १३ हजार १९९ कित्ता संस्थापक शेयर विक्री खुला गरेका छन् ।  
घट्दो शेयर बजार र संस्थापक शेयरले पाउने रिटर्नमा कमि आउनाले पनि संस्थापक शेयर विक्री गर्नेको सख्या बढेको पुराना लगानीकर्ता डम्बरु बल्लभ घिमिरे बताउँछन् ।

पछिल्लो समय आर्थिक मन्दी, राजनितीक अस्थिरता लगायतका कारण तत्तकाल बजार बढ्ने छाँटकाँट देखिएको छैन । सोही कारण कतिपय संस्थापक शेयरधनीले ऋण र ब्याज तिर्न पनि संस्थापक शेयर विक्री गरिरहेका हुन सक्ने उनको भनाइ छ ।

पछिल्लो समय कम्पनीहरुको निष्क्रिय कर्जा बढ्दो छ । यस कारण पनि संस्थापक शेयरधनीहरुले रिटर्न कम हुने अनुमान गरेर शेयर विक्री गर्दै लगानी अन्तै सारेको घिमिरेको भनाइ छ । 

पछिल्लो एक सातामा ६ कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएका छन् । ६ कम्पनीमध्ये सबैभन्दा बढी प्रभु बैंकको १५ जना संस्थापक शेयरधनीले कुल १४ लाख १६ हजार १९५ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । अन्य बैंकको ३ लाख कित्ता गरेर १७ लाख ४९१ कित्ता संस्थापक शेयर विक्रीमा आएका छन् ।

स्रोत : बैंकले प्रकाशित गरेका शेयर विक्री सूचना
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)