ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक वर्षमा नेप्से परिसूचक १९.९१ प्रतिशत घट्यो, लघुवित्त समूहका लगानीकर्ताले सर्वाधिक गुमाए 

२०८० बैशाख, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतीकात्मक तस्वीर ।
author avatar लक्ष्मी शर्मा

काठमाडौं । २०७८ चैत ३० गते नेप्से (Nepse) परिसूचक २ हजार ४१५ दशमलव २५ विन्दुमा थियो । २०७९ सालको अन्तिम कारोबार दिन चैत ३० गते नेप्से परिसूचक १ हजार ९३४ दशमलव ४७ विन्दुमा कायम भएको छ ।

यस आधारमा नेप्से परिसूचक एक वर्षमा १९ दशमलव ९१ प्रतिशत घटेको छ । यस अवधिमा लगानीकर्ताले रू. ६ खर्ब १२ अर्ब बराबरको सम्पत्ति गुमाएका छन् । 

गएको वर्ष नेप्से परिसूचक उच्च विन्दु २ हजार ४४४ दशमलव ५५ विन्दुसम्म पुगेको थियो भने न्यून विन्दु १ हजार ८०६ दशमलव ९५ विन्दुसम्म झरेको थियो । 

एक वर्षयता ब्याजदर (Interest Rate)मा वृद्धि, बैैंकिङ प्रणालीमा तरलता (Liquidity) अभाव र शेयर धितो कर्जाको सीमालगायत कारणले शेयर बजार प्रभावित बन्यो । गत पुसमा नेप्से परिसूचक केही समय बढेको थियो । त्यसयता बजार निरन्तर घट्दो ट्रेण्डमा छ । 

एक वर्षमा सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक २७ दशमलव २५ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank)ले लाभांश (Dividend) वितरणमा कडाइ गरेसँगै यस समूहको परिसूचक घटेको हो । २०८० सालमा निक्षेपको ब्याजदर घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको अर्थतन्त्रको पछिल्लो तथ्यांकले पनि प्रमुख सूचकहरू सकारात्मक बन्दै गएको देखाएको छ ।

यी परिदृश्यमा शेयर बजारको आगामी यात्रा सकारात्मक हुने जानकारहरू बताउँछन् । विगत ६ महीनादेखि अन्योल अवस्थामा रहेको नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी लाइसेन्स वितरण प्रक्रिया अघि बढ्ने भएको छ । यी कारणले गर्दा पनि शेयर बजारको लागि २०८० साल सकारात्मक हुने जानकारहरू बताउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)