ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३ वर्षमै ६ ओटा रकेट लञ्च गरेको भर्जिन अर्बिट कसरी 'आउट अफ' अर्बिट भयो ?

२०८० बैशाख, ४  
अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar रमा सुवेदी

काठमाडौं । बेलायती अर्बपति व्यापारी रिचर्ड ब्रान्सनले छुट्टै कम्पनी खोल्नुअघि नै त्यसले काम शुरु गरिसकेको थियो । अन्तरिक्ष यात्रा बजारमा एक पछि अर्को कम्पनी भित्रिरहेको समयमा आफ्नो पकड बलियो बनाउने दौडमा ब्रान्सनले आफ्नो अन्तरिक्ष कम्पनीलाई टुक्राएर भर्जिन अर्बिट (Virgin Orbit) खोले ।

कम्पनीले रकेट प्रक्षेपणको लागि Aair launch (सस्तोमा हवाई जहाजबाट रकेट लञ्च गर्ने कार्य) सेवाको शुरुआत गरेर बजारमा नयाँ आशा थपिदियो ।कम्पनीले ३५ हजार फिटको उचाइसम्म Launcher One rocket लाई बोकेर आकाशबाटै त्यसलाई लञ्च गर्न बोइङ ७४७ जेटको मोडिफाइड भर्सन प्रयोग गर्यो । यहाँबाट झारेपछि रकेटले आफ्नो इन्जिनमा आगो बाल्दै अन्तरिक्षमा उड्थ्यो । यसरी भर्जिन अर्बिटले विश्वको जुनसुकै विमानस्थलबाट रेकट लञ्च गर्न सक्थ्यो, विमानस्थलहरूलाई पनि अन्तरिक्ष पोर्टमा परिणत गर्न सक्थ्यो ।

रकेट प्रक्षेपणमा एक पछि अर्को ढिलाइ भए । कम्पनीले शुरुमा सन् २०१८ मा सो मिशन शुरु गर्ने अपेक्षा गरेको थियो । तर सन् २०२० मेसम्म रकेट प्रक्षेपण गर्ने जमिन नै पाइएन । कम्पनीले पछिल्लो प्रक्षेपण जापान र ब्राजिलबाट गर्नका लागि छलफल गरेको थियो । तर पछि यसलाई बेलायत सार्यो । यो वर्षको जनवरीमा कम्पनीले बल्लतल्ल सो मिशन पूरा गर्यो । रकेट प्रक्षेपण गरेको केही समयमै फेल भयो । कम्पनीले सन् २०२० यता ६ ओटा रकेट लञ्च गरेको थियो ।

त्यत्रो पैसा खर्च गरेर बनाएको रकेट, जम्मा सय डलर पनि नपर्ने इन्धन फिल्टरमा समस्या देखिँदा प्रक्षेपणको प्रयास तुहियो ।

यीमध्ये ४ ओटा सफल र २ असफल भए । कर्नवालको स्पेशपोर्टमा गरिएको सो प्रक्षेपणले कम्पनीको सफलतामा कोसेढुंगा थपिदिने आशा गरिएको थियो । तर दुःखको कुरा रकेट पृथ्वीको अक्षमा नपुग्दै खस्यो । इन्धन फिल्टर सरेपछि बढी तातेर अक्षमा पुग्नुअघि नै रकेट बन्द भयो । फिल्टरको कार्यक्षमता खस्किँदा इञ्जिनमा आवश्यक इन्धन गएन । त्यत्रो पैसा खर्च गरेर बनाएको रकेट, जम्मा सय डलर पनि नपर्ने इन्धन फिल्टरमा समस्या देखिँदा प्रक्षेपणको प्रयास तुहियो ।

अन्तरिक्ष अन्वेषण अर्बौं डलरको भविष्यको उद्योग । यति धेरै आशा भएको कम्पनी एउटा रकेट प्रक्षेपण असफल भएर मात्रै त कसरी डुब्यो होला ? कतिको मनमा यही प्रश्न आएको होला । यसमा अन्य कारकले आगोमा घ्यू थपिदियो । यो स्थितिबाट उब्रिन सक्ने कम्पनीको क्षमता खुम्च्याइदिए । कम्पनीको हराएको satellite को त बीमा थियो । तर सेटलाइट पृथ्वीको अक्षमै नपुगेर झरेपछि कम्पनीको इज्जतमा लागेको धक्का भने मेटिएन । यसले बेलायतकै अन्तरिक्ष सपना समेत तुहाइदियो ।

यो घटनापछि कम्पनीको Lunch Cruw र कर्मचारीहरू पनि अपेक्षा गरिएभन्दा लामो समय बेलायतमा बसे । कम्पनी स्थापाना भएदेखि नै घाटामै थियो ।  ब्रान्सनले क्रेता खोजेरै भए पनि कम्पनीको उद्धार गर्न खोजेका थिए । तर, त्यो प्रयास पनि सफल भएन । अमेरिकामा  सिलिकन भ्याली बैंक (SV Bank) ढलेकै बेलामा कम्पनीलाई रकम चाहिएको थियो । अमेरिकाको बैंकिङ क्षेत्रमा संकट देखिएको समयमा कम्पनीले चाहिएको रकमको जोहो गर्न सकेन अनि कम्पनी टाट पल्टियो ।

थुप्रिँदै गएर सन् २०२१ को अन्त्यसम्ममा कम्पनीको घाटा ८२ करोड १० लाख डलर पुगिसकेको थियो । कम्पनीले एक त्रैमासमा ५ करोड डलर हराहारीमा Cash Burn गरिरहेको थियो । सन् २०२२ को तेस्रो त्रैमासमा कम्पनीको घाटा ४ करोड २९ लाख डलर रहेको छ । एक वर्षअघिको सोही अवधिमा घाटाको आकार ३ करोड २८ लाख डलर थियो । कम्पनीको नगद सन्तुलन तीव्र दरमा ओरालो लागिरहेको थियो । शेयर पनि सोही दरमा ओर्लिरहेको थियो ।

ब्रान्सनले भर्जिन अर्बिटमा थप पैसा खन्याउन चाहेनन् ।

ब्रान्सनले भर्जिन अर्बिटमा थप पैसा खन्याउन चाहेनन् । २०२२ भर कम्पनीको लक्ष्य ७ ओटा रकेट लञ्च गर्नुपर्ने थियो । तर, त्रैमास बित्दै गर्दा यो संख्या घट्दे गयो अनि वर्षभर जम्मा २ ओटा मात्रै रकेट लञ्च भए । अघिल्लो वर्ष पनि कम्पनीको हालत यस्तै थियो । कम्पनीको एक्जिक्युशन क्षमताप्रति कम्पनी बाहिरबाट मात्रै होइन भित्रैबाट पनि सन्देह गरिएको थियो । कम्पनीमा सेटलाइट क्षेत्रमै दशकौं अनुभव बटुलेका शीर्ष अधिकारीहरू थिए । 

तर, कम्पनीसँग ५०० कर्मचारी हुँदा पनि उसले वर्षमा २ ओटै रकेट लञ्च गरिरहेको थियो । तर, संख्या बढेर ७५० भन्दा धेरै पुग्दा पनि रकेट लञ्चको संख्या बढ्न सकेन । कम्पनीको वित्तीय प्रतिवेदन हेर्ने हो भने कम्पनीको कर्मचारी खर्च अप्रत्याशित रूपले बढेको देखिन्छ । कर्मचारीहरू बढ्दै गएर विभागहरूबीच समन्वय राम्रो नभएर पनि समस्या निस्किएको एकथरि बताउँछन् । परियोजना र खर्चमा पनि विभागहरूबीच तालमेल नमिल्दा समस्या देखिएको पाइन्छ ।

कम्पनीसँग ५०० कर्मचारी हुँदा पनि उसले वर्षमा २ ओटै रकेट लञ्च गरिरहेको थियो । तर, संख्या बढेर ७५० भन्दा धेरै पुग्दा पनि रकेट लञ्चको संख्या बढ्न सकेन ।

कम्पनीले दर्जनौं रकेटहरू बढाउन सेल्फ-लाइफ सीमित भएको महँगा वस्तुहरू पनि किनेर थुपार्यो । तर, बनाउने बेलामा एक-दुई ओटा मात्रै बनायो । अर्थात् अर्डर गरेर राखिएको करोडौं डलर बराबरको कच्चा पदार्थ फ्याक्नु पर्यो । कम्पनीले सन् २०१५ मा सेटलाइट निर्माता कम्पनी वनवेबसँग ३९ ओटा प्रक्षेपणको करार गरेको थियो । यो नै कम्पनीले अहिलेसम्म पाएको सबैभन्दा ठूलो सम्झौता थियो । भर्जिन जस्तो कम्पनीका लागि एन्कर Costumer चाहिन्छ । जसले नियमितरूपमा कम्पनीको लञ्चेज किनिरहोस् ।

तर, भर्जिनसँग त्यस्तो ग्राहक थिएनन् । आवश्यक रकमको जोहो गर्न नसकेपछि मार्चको अन्त्यमा भर्जिन अर्बिटले अधिकांश कर्मचारीलाई कामबाट निकाल्न थाल्यो । सञ्चालन बन्द गर्यो । त्यसको केही दिनपछि कम्पनीले अदालती संरक्षणका लागि अमेरिकामा आवेदन दियो । भर्जिन अर्बिटले अमेरिकाको रक्षा मन्त्रालय, नेदरल्यान्डको सेना समेतका नाम चलेका ग्राहकका लागि सफलतापूर्वक रकेट लञ्च गरेको थियो ।

कम्पनी व्यवस्थापन पनि कम्पनीलाई पब्लिक बनाएर टन्नै पैसा र सफलता बटुल्ने आशामा थियो । तर, आशा गर्दैमा सबै कुरा कहाँ पूरा हुन्छ । भर्जिन अर्बिट Public बनेपछि यसको परिस्थिति पनि फेरियो । कम्पनीले आफ्नो SPAC process बाट ४८ करोड ३० लाख उठाउने आशा गरिएको थियो । तर, जम्मा २२ करोड ८० लाख मात्रै उठ्यो । यो पैसा पनि साना शेयरधनीहरूबाट आएको थियो । भगिनी कम्पनी Virgin Galactic ले शेयर र कर्जा बेचेरै १ अर्ब डलरभन्दा धेरैको नगद सञ्चिति बनाएको थियो । 

तर, भर्जिन अर्बिटले केही गरेर पनि नगद सञ्चिति बनाउन सकेन । साना रकेटतिर कम्पनीको आँखा नजानु पनि असफलताको अर्को कारण बन्यो । प्रतिस्पर्धी कम्पनी स्पेस एक्सले सोही असफलताबाट पाठ सिकेर ठूलोभन्दा पनि साना रकेट पकेटहरू लञ्च गर्न थाल्यो । खर्च कम भयो, रकेट लञ्चको परिशुद्धता पनि बढ्यो । राष्ट्रिय सुरक्षाको क्षेत्रमा कम्पनीको apparent strength पनि कमजोर हुँदै गयो ।

कम्पनीले आधा मिसन स्पेश फोर्शका लागि लञ्च गरेको भए पनि प्रतिस्पर्धा चर्किँदै गर्दा यसको बजार हिस्सा बढ्न सकेन । वित्तीय अवस्था खस्किँदै गर्दा भर्जिन अर्बिट कतै न कतैबाट डेढ करोड डलर खोजेरै भए पनि अवस्थालाई थामथुम पारेर ठूला लगानीकर्ता खोज्न सक्ने स्थितिमा थियो । बजार मूल्य घटिरहेको भए पनि कम्पनीसँग २७ करोड डलरको net tangible assets थियो ।

कम्पनीले एकै पटक झ्याप्पै पैसा उठाउँछु भन्नेतिर लाग्दा न समाउने डोरी भेट्यो न त टेक्ने लौरो । 

कम्पनीमा २० करोड डलरसम्म खन्याउन एक लगानीकर्तासँग वार्ता पनि भएको थियो । तर, अर्का भावी लगानीकर्ताहरूसँग पनि वार्ता जारी थियो । तर, कुनै पनि प्रयास सफल भएन । कम्पनीले एकै पटक झ्याप्पै पैसा उठाउँछु भन्नेतिर लाग्दा न समाउने डोरी भेट्यो न त टेक्ने लौरो । वित्तीय स्थिति खस्किँदै गर्दा पैसा उठाउनै नसक्ने अवस्थामा कम्पनी धकेलिँदै गयो । कम्पनीले कर्मचारी कटौतीको घोषणा गर्दासम्म पनि कर्मचारीहरूलाई के भयो किन भयो भन्ने अत्तापत्तो थिएन । 

कार्यकारीहरूले कम्पनीलाई जोगाउन सक्दो कोशिश गरे । तर, प्रयास सफल भएन । समयमा रकेट लञ्च गर्न नसक्नु, गरेको लञ्च पनि असफल हुनुले कम्पनीलाई घरको न घाटको बनाइदियो । काम गर्ने व्यावसायिक मोडल नहुँदा कम्पनी धराशायी बन्यो । भर्जिन अर्बिट उठ्ने सम्भावना तुहिसकेको छैन ।

यो पुनः उभियो भने यसले हाइपरसोनिक (मिसाइल)मा राम्रो गर्न सक्ने विज्ञहरू बताउँछन् । बजारमा प्रतिस्पर्धा चर्किरहेकोले कम्पनीलाई पुनः फर्किएर आफ्नो खुट्टामा उभिन गाह्रै हुने र्काथरि विज्ञहरू बताउँछन् । एजेन्सीहरू

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)