ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खराब कर्जा बढेसँगै राष्ट्रियस्तरका विकास बैंकको नाफा प्रभावित, आठमध्ये एकको मात्र नाफा बढ्यो

२०८० बैशाख, ८  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंक (development bank)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार आठ विकास बैंकको नाफा (profit) गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २६ दशमलव ८० प्रतिशत घटेको छ । 

गत आवमा रू. ४ अर्ब ९३ करोड नाफा कमाएका यी बैंकहरूको चालू आवको नाफा रू. ३ अर्ब ६१ करोडमा सीमित भएको हो । खराब कर्जा (bad loan) बढेकाले चालू आवमा बैंकहरूको नाफा प्रभावित भएको हो । 

गत आवको तुलनामा चालू आवमा राष्ट्रिय स्तरका आठ विकास बैंकहरूमध्ये एक बैंकको मात्र नाफा बढेको छ । गत आवको तुलनामा चालू आवमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १४ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. ४८ करोड ४७ लाख नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा रू. ५५ करोड ४५ लाख नाफा कमाएको हो । 

त्यस्तै ज्योति विकास बैंकको नाफा सबैभन्दा बढी ६० दशमलव ९१ प्रतिशत घटेको छ । गत आवमा रू. ५१ करोड ५७ लाख नाफा कमाएको कम्पनीको चालू आवको सोही अवधिको नाफा रू. २० करोड १६ लाखमा सीमित भएको हो । चालू आवमा कम्पनीको निष्क्रिय कर्जा बढेर नाफा प्रभावित भएको हो । गत आवमा १ दशमलव ३७ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा ३ दशमलव ८९ प्रतिशत पुगेको छ ।  

त्यस्तै मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै रू. ८० करोड ६२ लाख नाफा कमाएको हो । त्यस्तै कम नाफा ज्योति विकास बैंकले रू. २० करोड १६ लाख कमाएको छ ।

 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)