ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकको जानकारी दिने ‘नागरिका’ मस्कट

२०८० बैशाख, १५  
शेयर / बैङ्किङ गतिविधि विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । १७औं वर्ष प्रवेशको अवसर पारेर सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ एआई च्याटबट सुविधा ‘नागरिका’ मस्कटको शुरुआत गरेको छ । बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो मस्कट सार्वजनिक गरेका हुन्  ।

आगामी दिनमा उत्पादन तथा सेवामा सोही ब्रान्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको बैंकको भनाइ छ । च्याटबट एआईद्वारा सञ्चालित भर्चुअल सहायक हो जसले ग्राहकहरूसँग अन्तरक्रिया गर्न प्राकृतिक भाषा प्रशोधन र मेसिन लर्निङ एल्गोरिदमहरू प्रयोग गर्दछ ।

बयस सुविधाले ग्राहकलाई बैंकसँग सम्बन्धित जिज्ञासाको प्रतिक्रिया तुरुन्त प्राप्त गर्न सजिलो हुने बताइएको छ  । च्याटबटमार्फत ग्राहकले सरल र सहज संवादात्मक इन्टरफेसमार्फत मौज्दात जाँच, खाता खोल्न, ब्याज दर बुझ्न, सिटिजन्स एप सक्रिय गर्न, शाखा स्थान बुझ्न र अन्य धेरै सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)