ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झोर क्षेत्रमा कुमारी बैंकको एटीएम 

२०८० बैशाख, २२  
शेयर / बैङ्किङ गतिविधि विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडले टोखा नगरपालिका–१ स्थित झोर विस्तारित काउन्टरमा एटीएम सञ्चालनमा ल्याएको छ । झोर क्षेत्र बौद्धेश्वर महादेवको मन्दिर तथा झरनाका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । 

एटीएमको उद्घाटन टोखा नगरपालिका–१ का अध्यक्ष रमेशकुमार लामिछानेले गरेका थिए । अध्यक्ष लामिछानेले, एटीएमले झोरका बासिन्दालाई विद्युतीय माध्यमद्वारा कारोबार गर्न उत्प्रेरित गर्न र झोर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको बैंकले देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटीएम तथा ६२ शाखारहित बैंकिङ इकाईसहितका सञ्जालमार्फत सेवा प्रवाह गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)