ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकिङ क्षेत्रलाई एप्पलको कडा टक्कर, ४ दिनमै कम्पनीको बचत खातामा ओइरियो १ अर्ब डलर

२०८० बैशाख, २५  
र यो पनि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल (Apple Inc) को बचत खातामा निक्षेपकर्ताहरूको ओइरो लागेको छ । हालैका महीनामा अमेरिकामा एक पछि अर्को गर्दै क्षेत्रीय स्तरका बैंकहरू ढलेर बैंकिङ क्षेत्रप्रतिको निक्षेपकर्ताहरूको विश्वास फर्किनसक्दा यो खबर आएको हो । 

एप्पलले गएको महीनाको अन्त्यतिर शुरु गरेको बचत खाता (Saving Account) मा खाता सञ्चालनमा आएका ४ दिनमै झन्डै १ अर्ब डलर निक्षेप जम्मा भएको छ । यस मामिलाबारे जानकार स्रोतहरूलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् । बचत कार्यक्रम शुरु भएको दिनमा मात्रै खातामा ४० करोड डलरको निक्षेप ओइरिएको थियो । 

शुरुको ४ दिनको बचत भने ९९ करोड डलर भएको बताइएको छ । कम्पनीले अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्स (Goldman Sachs)सँग मिलेर सो बचत खाता खोलेको थियो । एप्पलको खातामा वार्षिक ४ दशमलव १५ प्रतिशतको ब्याज छ । यसको  साथै आइफोन सहजै उपलब्ध गराइदिने वाचा पनि कम्पनीले गरेको छ । 

रमाइलो कुरा के छ भने अमेरिकाका औसत बैंकले शून्य दशमलव ५ प्रतिशत पनि ब्याज दिन्नन् । गोल्डम्यानकै सबैभन्दा धेरै प्रतिफल दिने बचत खातामा पनि ग्राहकहरूले ३ दशमलव ९ प्रतिशत मात्रै पाउँछन् । गएको हप्ताको अन्त्यसम्ममा खातामा २ लाख ४० हजार जनाले खाता खोलेका थिए । 

बचत खातामा आएको निक्षेप र खाताको संख्याबारे भने एप्पल र गोल्डम्यान श्याख्स दुवै नबोलेको बताइएको छ । विगत एक वर्षभन्दा लामो समयदेखि अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ (Fed) ले धमाधम ब्याजदर बढाइरहेको छ । फेडको आक्रामक ब्याजदर वृद्धिका कारण बैंकहरू टाट पल्टिँदा विश्वव्यापी वित्तीय संकटको खतरा नै मडारिएको छ ।  

फेडको ब्याजदर वृद्धिका कारण बैंकहरूले घर कर्जा, अटो कर्जा महँगो् पार्छन् । तर, बचत खातामा राखिने रकममा भने खासै ब्याज दिँदैनन् । यसैका कारण पनि एप्पलको बचत खातामा निक्षेपकर्ताहरूको ओइरो लागेको विश्लेषण गरिएको छ । बैंक फेलियरका कारण यसप्रति लगानीकर्ता र निक्षेपकर्ताहरूको विश्वास डगमगाएकै बेलामा एप्पलको यो कदमले बैंकिङ क्षेत्रलाई कडा टक्कर दिएको छ । 

४ दिनमा एप्पलको बचत खातामा थुप्रिएको पैसा त्यहाँको औसत क्षेत्रीय बैंकको निक्षेपकै बराबर हो । एप्पलको आइफोनको यूजर बेस झन्डै २ अर्ब छ । एप्पलको बचत खाता खोल्न १ मिनेट पनि लाग्दैन । यसमा एप्पल कार्ड, एप्पल पे लेटर जस्ता सुविधाहरू छन् । 

यो आइफोन प्रयोगकर्ताका लागि राम्रो विकल्प हो । एप्पलको यो सेवालाई फाइनान्स उसको एम्पायरको शुरुआतको रुपमा हेरिएको छ । बैंक बनेर आफ्नो कारोबार चलाउन आवश्यक पैसा जुटाउने एप्पल विश्वको पहिलो प्रविधि कम्पनी बनेको छ । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)