काठमाडौं । तपाईहरुलाई भूत भनेपछि कत्तिको डर लाग्छ ? राति एक्लै भएको बेलामा वा कतै जानु पर्दा भूत पो आउने हो कि भनेर मन भारी हुन्छ कि हुन्न ?
भारतले घरेलु पयर्टनमा नयाँ तत्व थप्ने कोशिश गरेको छ । पर्यटकहरुलाई कसरी देशभित्र लामो समयसम्म बसाइराख्न सकिन्छ अनि पयर्टनहरुले गर्ने खर्च कसरी बढाउन सकिन्छ भनेर नयाँ नयाँ उपाय खोजिने काम भइरहेको छ । यस्तोमा पर्यटन विभागले भूत प्रेतको अवधारणा अपनाएको छ ।
हिंस्रक अपराधहरु भएका स्थान वा भूत छ भन्ने हल्ला भएका स्थानहरुमा घूमफिर (Ghost Walk) को कार्यक्रम ल्याइएको छ । यो पहल चाणक्यपूरीमा रहेको माल्छा महल (MalchaMahal )बाट शुरु गरिएको छ । शनिबार १४ औं शताब्दीमा बनेको सो महलभित्र वाल्कको आयोजना गरिएको थियो ।
स्थानीय बासिन्दाहरुका अनुसार सो महललमा अहिले पनि बेगम विलायतको आत्मा बस्छ । सन् १९९३ मा बेगमले हिराको धुलो खाएर आफ्नै ज्यान लिएकी थिइन् । यो महललाई कुनै बेला हन्टिङ लज (Hunting Lodge) को रुपमा प्रयोग गरिन्थ्यो । बेगमका सन्तानले पनि आत्महत्या गरेका थिए ।
मल्छा महल झाडी अनि जंगल हुँदै जानु पर्छ । राति यहाँ जाने सम्झेर जोकोहीलाई डर लाग्छ । अधिकारीहरुका अनुसार पयर्टन विभागले भूली भटियारीको महल, फिरोज शाह कोत्ला र तुग्लाकबाद किल्ला लगायत अन्य भूताहा गन्तव्यहरुमा पनि टुर गराउने योजना बनाइरहेको छ ।
यी टूर मार्फत दिल्ली पयर्टन विभागले शहरको विरासत, कला र शिल्प, विभिन्न परिकार र संस्कृतिको प्रवद्र्धन गरिरहेको छ । विभागले यस अघि नै हेरिटेज वाक चलाइरहेको थियो । यसैलाई विस्तार गरेर हन्टेड वाक चलाइएको हो । हन्टेड वाक साँझ ५ः३० देखि ७ बजेसम्म सप्ताहन्तमा चलाइनेछ ।
आइतबारको लागि अहिले नै १० भन्दा धेरै सोधपूछ आएको दिल्ली पयर्टनका सूचना अधिकारीले बताएका छन् । यो प्याकेजबारे अनेकौं जिज्ञाशा आउन थालेको उनको भनाइ छ । एजेन्सीले दिल्लीमा आउने पयर्टनहरुको बसाई अवधि र उनीहरुले गर्ने खर्च बढाउन खोजिरहेको छ । एजेन्सी