ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रिमियममा आईपीओ जारी गर्ने चार बीमा कम्पनीमा को कति बलिया ? २१२ देखि २९० रुपैयाँसम्म मूल्य

२०८० बैशाख, ३१  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । चार जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ, आईएमई लाइफ, सिटिजन लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । यी चार ओटै कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छन् । 

रिलायबल नेपालले १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो । कम्पनीले अंकित मूल्य रू. १ सयमा रू. ११२ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २१२ मा आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।  कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म जगेडा तथा कोषमा रू. १ अर्ब ३४ करोड, जीवन बीमा कोषमा रू. ६ अर्ब २० करोड र महाविपत्ति कोषमा रू. १३ करोड ५९ लाख सञ्चित गरेको छ । 

त्यस्तै आईएमई लाइफले पनि १ करोड २० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि निवेदन दिएको थियो । कम्पनीले अंकित मूल्यमा रू. १७६ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता रू. २७६ मा आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा  कम्पनीको जगेडामा रू. १ अर्ब १० करोड, जीवन बीमा कोषमा रू. ६ अर्ब ७ करोडभन्दा बढी र महाविपत्ति कोषमा रू. १२ करोड २२ लाख सञ्चित गरेको छ । 

सिटिजन लाइफले अंकित मूल्यमा रू. १९० प्रिमियम थप थरी प्रतिकित्ता रू. २९० मा १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । कम्पनीकोे चालू आवको तेस्रो त्रैमाससम्म जगेडामा रू. १ अर्ब २८ करोड, जीवन बीमा कोषमा रू. ८ अर्ब ४७ करोड र महाविपत्ति कोषमा रू. १४ करोड ७ लाख सञ्चित गरेको हो । 

त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अंकित मूल्यमा रू. १५० दशमलव ५५ प्रिमियम थप गरी प्रतिकित्ता रू. २५० दशमलव ५५ मा ९६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म जगेडामा रू. ८१ करोड ९२ लाख, जीवन बीमा कोषमा रू. ४ अर्ब ६१ करोडभन्दा बढी र महाविपत्ति कोषमा रू. ९ करोड १० लाख सञ्चित गरेको छ । 

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न लागेका चार जीवन बीमा कम्पनीहरूको वित्तीय अवस्था हेर्दा राम्रै देखिन्छ । लगानीकर्ताले आईपीओ होस् या धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा कम्पनीको  वित्तीय अवस्था राम्रोसँग केलाउनु जरुरी देखिन्छ । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ६ जीवन बीमा कम्पनीको कारोबार हुन्छ । केही कम्पनीको शेयर मर्जर प्रयोजनको लागि रोक्का छ । कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी शेयर मूल्य लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को प्रतिकित्ता रू. १ हजार २७५ रहेको छ भने कम प्रभु लाइफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ४०२ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)