ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक आगमन बढेसँगै होटल तथा पर्यटन समूहका कम्पनीको नाफामा उल्लेख्य वृद्धि

२०८० जेठ, २  
समाचार लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा होटल तथा पर्यटन समूहका पाँच कम्पनी सूचीकृत छन् । पाँच कम्पनीकोे चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणअनुसार गत आवको तेस्रो त्रैमाससम्मको तुलनामा चालू आवको सोही अवधिमा नाफामा उल्लेख्य वृद्धि भएको छ ।

कोरोना महामारीको संक्रमण घटेसँगै पर्यटकहरूको आगमन बढेकाले होटल तथा पर्यटन समूहको नाफामा वृद्धि भएको हो । 

पाँच कम्पनीको आम्दानी गत आवको तुलनामा चालू आवमा ९६ प्रतिशत वृद्धि भएको छ । कम्पनीहरूले गत आवमा कुल रू. १ अर्ब ९३ करोड आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ३ अर्ब ७९ करोडभन्दा बढी पुगेको हो । 

चालू आवको तेस्रो त्रैमाससम्म पाँच कम्पनीमध्ये सोल्टी होटलले सबैभन्दा बढी रू. ३७ करोड ११ लाख नाफा कमाएको छ । यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा २४१ दशमलव ७९ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. १० करोड ८५ लाख नाफा कमाएको थियो । त्यस्तै दोस्रोमा तारागाउँ रिजेन्सी होटल्सले रू. २३ करोड ८८ लाख नाफा कमाएको छ । 

ओरियण्टल होटल्सले गत आवमा १० करोड ५२ लाख नोक्सानी व्यहोरेकोमा चालू आवमा रू. ६ करोडभन्दा बढी नाफा कमाएको हो ।

त्यसैगरी गत आवको तेस्रो त्रैमाससम्म रू. १ करोड ५८ लाखभन्दा बढी नोक्सानीमा रहेको चन्द्रागिरि हिल्सले पनि चालू आवको सोही अवधिमा रू. ७ करोड ७७ लाख नाफा कमाएको छ । कालिञ्चोक दर्शन लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्म रू. २ करोड २७ लाख नाफा कमाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)