काठमाडौं । सुनको मूल्यले बिहीवार पनि रेकर्ड कायाम गरेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १२ हजार ५०० रुपैयाँमा कीर्तिमानी रेकर्ड बनाएको छ । बुधबार पनि एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम गरेको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो । सरकारले बढाएको भन्सार महसुल र सुनको अन्तरराष्ट्रिय बजार मूल्यामा भएको वृद्धिले पहेंलो धातु सुनको मूल्य बढेको हो ।
सरकारले बजेटमार्फत सुन र चाँदीको प्रति १० ग्राम भन्सार महसुल वृद्धि गरेपछि सुनमा प्रति १० ग्राम ३ हजार ९ सय र चाँदीमा १७ रुपैयाँ थप मूल्य बढेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९६४ डलर बढी पुगेको छ ।