काठमाडौ । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्ण बहादुर श्रेष्ठले काठमाडौमा घर जित्न सफल भएका छन् ।
जेठ १२ गते शुक्रबार, ईसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले ईसेवा मनि ट्रान्स्फरको आधिकारिक फेशबुक पेज मार्फत गरेको प्रत्यक्ष डिजिटल गोलाप्रथामा पूर्ण बहादुर श्रेष्ठले घर जित्न सफल भएका हुन् ।
विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर जित्न सफल भएका हुन् । पूर्ण बहादुर श्रेष्ठले युएइ बाट इसेवा मनि ट्रान्स्फरमार्फत बैंक एकाउन्टमा रेमिट्यान्स् पठाएका थिए ।
पत्रकार सम्मेलन सहित गरिएको प्रत्यक्ष प्रसारण कार्यक्रममा बोल्दै ईसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डि श्रेष्ठले विजेता पूर्ण बहादुर श्रेष्ठलाई धन्यवाद दिए । उनले भने ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट गु्रप अन्तरगतको कम्पनी ईसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ । आगामी दिनमा पनि कम्पनीले रेमिट्यान्स्लाई डिजिटल बनाउँदै अझ छिटो र विश्वसनिय बनाउन निरन्तर लागि रहनेछ भन्ने विश्वास दिन चाहान्छु ’।
ईसेवा मनि ट्रान्स्फरले विदेशबाट आउने रेमिट्यान्सलाई बैधानिक बनाउन प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्स्लाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढेदुई तलाको घर दिने घोषणा गरेको थियो । ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सलाई बैधानिक बनाउने कुरामा ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गतको Win Your Dream House सफलता पूर्वक सम्पन्न भएको बताए ।
उनले भने ‘ हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो । आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै बैधानिक रेमिट्यान्स्लाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा हामीले गरेका छौँ ।