ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रोयल इन्फिल्डको एसेम्ब्लिङ युनिट वीरगञ्जमा

२०८० जेठ, २१  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । १२२ वर्षदेखि मोटरसाइकल उत्पादन गर्दै आएको रोयल इन्फिल्डले नेपालमा पनि मोटरसाइकल एसेम्बल शुरू गरेको छ । नेपालको व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा वीरगञ्जमा एसेम्बल शुरू गरिएको हो ।

एसेम्ब्लिङ युनिटका लागि रोयल इन्फिल्डले भारतबाट आवश्यक दक्ष टोली पठाइसकेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका चिफ कमर्सियल अफिसर 
यादभिन्दर सिंह गुलेरियाले जानकारी दिए । उनका अनुसार वीरगञ्जको युनिटबाट हरेक वर्ष २० हजार बाइक उत्पादन गर्ने लक्ष्य रहेको र ती बाइक विश्वका अन्य स्थानमा उत्पादन भए अनुसार गुणस्तरीय हुने बताए । हालसम्म नेपालमा प्रयोग हुने उक्त कम्पनीका सबै मोटरसाइल भारतको तामिलनाडुबाट आउने गर्थे ।

उक्त कम्पनीले भारतको तामिलनाडुबाहेक विश्वको चार स्थान ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा एसेम्ब्लिङ युनिट खडा गरिसकेको छ । शुक्रवार नै कम्पनीले 'द क्लासिक ३५०’ स्क्रम ४११’ सार्वजनिक गरेको छ । गुलेरियाले यी दुई बाइकसँगै नेपालमा नयाँ युनिट सञ्चालन गर्न पाउँदा आफू उत्साहित भएको बताए ।

कम्पनीका अनुसार 'द क्लासिक ३५०’ उत्कृष्ट रेट्रो शैलीको मोटरसाइकल हो । उक्त मोटरसाइकलमा सिंगल च्यानल एबिएस जडित छ । यो विभिन्न ६ रङमा उपलब्ध हुने बताइएको छ । कम्पनीले यो बाइकको मूल्य चार लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।  

त्यसैगरी नेपाली बजारमा सार्वजनिक गरिएको स्क्रम ४११ रोयल इन्फिल्डको पहिलो शहरी एड्भेन्चर क्रसओभर हो । कम्पनीका अनुसार यसलाई रोयल इन्फिल्डको एलएस–१४० इन्जिन प्लेटफर्म र ह्यारिस पर्मर्फेन्स चेसिसमा निर्माण गरिएको छ । सात रङमा उपलब्ध यो बाइकको मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । यी दुई मोटरसाइकल सार्वजनिक गर्नुअघि काठमाडौंदेखि नगरकोटसम्म परीक्षण गरिएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)