ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अन्तरराष्ट्रिय ब्रान्डको पर्फ्यूम विक्रेता इना ग्रुपको चौथो आउटलेट बबरमहल रिभिजिटेडमा

२०८० जेठ, २२  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा/ आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । बबरमहलस्थित बबरमहल रिभिजिटेडमा अन्तरराष्ट्रिय ब्रान्डको पर्फ्युम विक्रेता इना सेन्टर नेपाल प्रालिको नयाँ आउटलेट नीस बुटिक खोलेको छ । क्याप्टेन बिजय लामा तथा दुबई ग्रुपका अध्यक्ष चन्द्रु मांगघानीले संयुक्त रूपमा उक्त आउटलेटको शुभारम्भ गरेका थिए ।

यो शोरुममा विश्वका ब्रान्डेड निस पर्फ्युमहरू उपलब्ध छन् । डिजाइनर पर्फ्युमहरूलाई छाडेर नीस ब्रान्डका पर्फ्युम लाई मात्रै राखेर बुटिक शैलीमा यो आउटलेट खोलिएको  इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव गर्तौलाले जानकारी दिए ।

यहाँ क्लिभ क्रिष्टियन, लिक्विड्स इमेजिनरिज, निशेन, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायतका पर्फ्युमहरू उपलब्ध छन् । आउटलेटमा अहिले २ हजारदेखि ५० हजारसम्मका पर्फ्युमहरू उपलब्ध छन् । आफ्ना ग्राहकका लागि इना सेन्टरले डिजिटल प्लेटफमको प्रयोग गरेर घरबाटै पनि परफ्युम खरीद गर्न सक्ने सुविधासमेत उपलब्ध गराएको छ ।

नेपालमा ३० वर्षदेखि अन्तरराष्ट्रिय ख्याति प्राप्त पर्फ्युम ब्रान्डको आयात तथा विक्री वितरण गर्दै आएको इना ग्रुप सेन्टर अन्तर्गतको धर्मपथ, न्यूरोड, सिभिल मल, दरबार मलपश्चात् यो चौथो विक्री कक्ष हो । फोटो : सुनिल शर्मा/आर्थिक अभियान 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)