ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डलर र युरोको मूल्य बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमयदर ?

२०८० जेठ, २३  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंक (NRB)ले मंगलवार अमेरिकी डलर (Dollar)को विनिमयदर  (Exchange rate) बढाएको छ । नेपाल राष्ट्र बैंक (NRB)का अनुसार आज १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ ९८ पैसा र विक्रीदर १३२ रूपैयाँ ५८ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३१ रूपैयाँ ४० पैसा र विक्रीदर १३२ रूपैयाँ कायम भएको थियो ।

आज युरो (Euro)को भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीददर १४१ रूपैयाँ ०९ पैसा र विक्रीदर १४१ रूपैयाँ ७३ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४० रूपैयाँ ६९ पैसा र विक्रीदर १४१ रूपैयाँ ३३ पैसामा कारोबार भएको थियो ।

त्यसैगरि, आज चिनिया युआन  (Chinese yuan )को भाउ भने घटेको छ । आज १ चिनिया युआनको खरीददर १८ रूपैयाँ ५४ पैसा र विक्रीदर १८ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीददर १८ रूपैयाँ ५५ पैसा र विक्रीदर १८ रूपैयाँ ६३ पैसा कायम भएको थियो ।

कस्तो छ अन्य मूद्राको विनिमयदर ?

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)