काठमाडौं । अघिल्लो दिन स्थिर रहेको सुनको भाउ मंगलवार भने बढेको छ । आज सुन प्रतितोला ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रततोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चादी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४२० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी तोलाको १ हजार ४१५ रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, आज अन्तरराष्ट्रिय बजारमा भने सुन प्रति औंस १ हजार ९५८ डलर पुगेको छ ।