काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपाल र एसएआर एड्भाइजर्सको संयुक्त आयोजना तथा ई एण्ड वाई श्रीलंकाको सहयोगमा तीनदिने ‘एनएफआरएस–९ तालीम’ शुरू भएको छ । उक्त तालीमका प्रशिक्षक ई एण्ड वाई श्रीलंकाका साझेदार रजिथ पेरेरा छन् ।
तालीममा विकास बैंकका वित्त, लेखापरीक्षण विभागका कर्मचारीको सहभागिता छ । कार्यक्रमको तेस्रो दिन विकास बैंकका प्रमुख कार्यकारी अधिकृत समेतलाई प्रशिक्षण दिइने बताइएको छ ।
डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष सुयोग श्रेष्ठले एनएफआरएस–९ बैंकका व्यवसाय विभाग, कर्जा विभाग, उच्च व्यवस्थापनलगायत कार्यकारीले जान्नु/बुझ्नु पर्ने विषय भएकाले सुझावका र आवश्यकताका आधारमा थप कार्यक्रम गर्दै जाने बताए ।