ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तोलामा ८०० रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

२०८० जेठ, २६  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार (आज) सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ तोकिएको छ । बिहीवार सुन तोलाको १ लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । 

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेर १ हजार ४५५ रुपैयाँ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो । 

न्युयोर्कको अन्तराष्ट्रिय कोमेक्स डिभिजनमा सुनको भाउ आज घट्दो क्रममा छ । बिहीवारको बजार बन्द हुँदा प्रतिऔंस १ हजार ९६५ दशमलव ४४ डलर रहेको सुनको भाउ शुक्रवार साढे ११ बजे (नेपाली समयअनुसार) १ हजार ९६४ दशमलव ०९ डलरमा झरेको छ । बिहीवार भने सुनको भाउ १ दशमलव ०८ प्रतिशतले बढेको थियो । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)