ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जर्मनीमा भिक्षुहरूले बनाए अल्कोहल नभएको धुलो बियर, परीक्षण चल्दै

२०८० जेठ, २६  
र यो पनि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । जर्मनीमा भिक्षुहरूले धुलो बियर बनाएका छन् । उनीहरूले परम्परागत पद्दति अपनाएर धुलो बियर बनाएका हुन् । यो बियरको धुलो पानीमा घोलेर फुल फ्लेभरको बियर बनाउन सकिने बताइएको छ ।  

धुलो बियर बनाउन बिहारमा रहेको ब्रुअरी कम्पनी क्लोस्टेरब्राउरेई नुजेलले प्रविधिक साझेदारसँग मिलेर काम गरेको थियो । यो परियोजनाका लागि बीएमडब्ल्यूआईको पैसा चलाइएको थियो ।

यो वर्षको मध्यसम्म स–सानो परिमाणमा बजारमा बियरको परीक्षण चलिरहेको छ । अहिले कम्पनीले बनाएको बियरमा अल्कोहल छैन । तर कम्पनीले छिटै नै अल्कोहल सहितको बियर पनि बनाउँदैछ । कम्पनीले हरेक कुरालाई धुलोमै बनाउन खोजेको छ । 

धुलो बियरमा परम्गरागत ढंगले बनाइएको बियरकै स्वाद भएको बताइएको छ । फोम पनि उस्तै नै छ । आफूहरूले कार्बन डाइअक्साइडलाई धुलोको स्वरूपमा थप्ने चाहेको कम्पनीले बताएको छ । कम्पनीको चाहना अल्कोहललाई पनि पाउडरमै हाल्ने भन्ने छ । आफूहरूले यसमा सफलता पनि पाइसकेको र यो विश्वमै पहिलो पटक भएको पनि क्लोस्टेरब्राउरेई नुजेलका शेयरधनी समेत रहेका हेल्मट फ्रिचले बताए । 

यो पद्दतिको मद्दतले परम्परागत रुपमा बियर बनाउने तरिका त्याग्ने सम्भावना भएको बियर निर्माताहरू को भनाइ छ । यसमा बियर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ, श्रम र ऊर्जा पनि कम खपत हुने बताइएको छ ।

यसले बियरको व्यवसायको मोडललाई नै ध्वस्त बनाउने फ्रिचको भनाइ छ । कम्पनीले दूरीका कारण बियर ढुवानीमा समस्या भोगिरहेको, ढुवानीको लागत उच्च भएको अफ्रिका र एशियाका बजारमा धुलो बियर बेच्ने लक्ष्य राखेको छ । यी क्षेत्रमा बियर ढुवानीको लागत निकै महँगो छ । एजेन्सी 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)