काठमाडौं । ई–सेवाले यूएसएआईडी, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी घर बीमा सुविधा ल्याएको छ । यस योजना ई–सेवाको मोबाइल एपभित्र रहको ‘इन्स्योरेन्स’ शीर्षकमा सूचीबद्ध सेवामार्फत सजिलै घर बीमा खरीद गर्ने सुविधा प्राप्त गर्न सकिने बताइएको छ ।
हाललाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू हुने गरी ल्याएको यो सुविधा इच्छुकले देशभरि नै यो सुविधा लिन सकिने कम्पनीको भनाइ छ । बीमा नीतिअनुसार १ करोड रुपैयाँसम्मको बीमा हुने यस योजनामा वार्षिक ५०० देखि ४ हजार ५०० रुपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ ।
बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुने कम्पनीले जानकारी दिएको छ । यस योजनामा सहभागी हुन घरधनीले घरको तस्वीर, अपेक्षित मूल्य र सम्पत्ति विवरण ई–सेवा एपमार्फत अपलोड गर्नुपर्ने बताइएको छ ।